बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:०४
वासिङटन डिसी 06:19

सेन्ट लुइस मिजौरीमा- स्वर सम्राट नारायण गोपालको २९औ स्‍मृति दिवसको अवसरमा “नारायण गोपाल स्‍मृति कार्यक्रम”

इनेप्लिज २०७५ मंसिर २३ गते १९:३७ मा प्रकाशित

सेन्ट लुइस मिजौरी, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा डिसेम्बर ८ तारिखका दिन स्वर सम्राट नारायण गोपालको २९औ स्‍मृति दिवसको अवसरमा “नारायण गोपाल स्‍मृति कार्यक्रम”भव्यताका साथ सम्पन्न भई मनाइएको छ। उक्त कार्यक्रममा, अध्यक्ष साथै कार्यक्रमको सञ्चालन मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो ।

कार्यक्रममा स्वर सम्राट नारायण गोपालको तस्बिरमा माल्यापर्ण र दीप प्रजवलन गरी औपचारिक रुपमा शुरुवात गरीएको थियो। यस कार्यक्रममा पहिलो गीत “म मरे पनि मलाई मेरो देशको माया छ भन्ने “ देशभक्ति गीत उपस्थित केही सहभागीहरूले सामुहीक रूपमा उत्साहित भई गायन -बजाना साथ प्रस्तुत गरीएको थियो।

यस कार्यक्रममा स्वर सम्राट नारायण गोपाल सम्बन्धि विशेष चर्चा-परिचर्चा सहित उहाको जीवनी साथै उहाद्वारा गाइएका दर्जनौ गीतहरू (एकल र सामुहीक दुबै ) उपस्थित सहभागीहरूले गाउनुका साथै मादल, गीतार अनि हार्मोनीयम जस्ता बाजाहरू पनि बजाएर कार्यक्रम नीकै रोचक बनाएका थियो ।

“नेपाली भाषाको जगेर्ना र नेपाली पहिचान बचाउने “ उदेस्यले सँचालीत यस्ता कार्यक्रमहरू अनेसास मिजौरी च्याप्टरबाट नीरन्तर कोशी़श जारी हुने समेत कुराको सबैमा सहर्ष जानकारी गराउदै उपस्थित सहभागीहरूलाई मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमको अन्त्यमा दिवा भोजको ब्यबस्था पनि गरिएको थियो ! भोजमा केही स्वर सम्राट नारायण गोपालका मनपर्ने खाना “मेथीको अचार” जस्ता खानाहरु पनि समाबेस थिए।

प्रतिक्रिया