नेपाल राष्ट्रियको पहिचान हरायो अब नेपाल रहदैन,राज संस्था नेताहरुले नै फर्काउछन् । (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर २३ गते १८:०७ मा प्रकाशित

धर्म निरपेक्षता के हो ? र यसको दुरगामि असर के हुन्छ त ? ?  नेपालमा धर्मनिरपेक्ष भनेको सबै धार्मिक आस्थालाइ सरकारले सम्मान गर्ने र राष्ट्रको कुनै धर्म नहुने भन्ने आम बुझाई छ । धर्म निरपेक्षतालाइ नेपालमा गलत बुझिएको देखिन्छ । राष्ट्रको धर्म नभै सकेपछि त्यो नास्तिक भयो । यसको मतलब राज्य नास्तिक हुने भयो । नास्तिक राष्ट्रको निति नियम कानुन पनि सबै नास्तिक नै हुन्छ ।

अब नास्तिक राष्ट्रले सबै धार्मिक आस्थालाइ कसरी सम्मान गर्छ त ? ? नेपाल मात्र हैन विश्वको कुनै पनि देश धर्म निरपेक्ष राष्ट्र हुनु राम्रो होइन रहेछ !! नेपालमा हरेक मानिस कुनै न कुनै रूपमा इश्वरलाइ पुज्छन् त्यसैले जसले इश्वरिय शक्तिमा विश्वास गर्छ उसको लागि देश धर्म निरपेक्ष होइन सापेक्ष हुनु जरुरी रहेछ, चाहे इसाई, मुस्लिम, हिन्दु, सिख जो हुन ।

राष्ट्र धर्म सापेक्ष हुने हो भने हिन्दु राष्ट्र कायम हुनुपर्छ किनकि यसको लागि पनि प्रमाणहरु इतिहासहरु छ : थप जानकारीको लागि इन्टरभ्यु हेर्नु होला ।

प्रतिक्रिया