‘पापी दाई’ भिडियो सार्बजनिक

इनेप्लिज २०७५ मंसिर २२ गते २१:१५ मा प्रकाशित

मङ्सिर महिनालाइ लगन महिनाको रुपमा चिनिन्छ मङ्सिर महिना लगनको महिना कै अवसर पारेर पन्चे बाजा गीत ‘पापी दाई’ भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा गीता देवी र प्रभावनको स्वर रहेको गीतको शब्द तथा संगीत डि.एन दाहाल र प्रभावनको रहेको छ डि. ए. आर.मुभिज एण्ड फिल्म इण्डस्ट्रिको प्रस्तुति रहेको भिडियोमा एउटी चेलीलाइ बिबाह गरेर बिदाइ गर्दै गर्दा माइतीको पिडालाइ प्रस्तुत गर्न खोजिएको छ ।

पुजा पाठक, जीवन गौतम, नारायण दंगालको अभिनय रहेको भिडियोलाइ जयेन्द्र कुँवरले छायांकन गरेका हुन् भने बिबेक कुँवरले सम्पादन गरेका छन्। आर्ट निर्देशन रोशन झाको रहेको भिडियोलाइ प्रभावनले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया