बुधबार, असोज ६ २०७८
काठमाडौं ०९:०५
वासिङटन डिसी 23:20

जोन एफ केलीले ह्वाईट हाउस छाडने

यादव राज जोशी २०७५ मंसिर २२ गते २१:०७ मा प्रकाशित

वासिडटन: ह्वाईट हाउसका प्रमुख कार्यकारी अधिकृत (चिफ अफ स्टाफ) जोन एफ केलीले पद छाडदैछन्, ट्रम्पलाई उदृत गर्दै सिएनएनले जनाएको छ, सायद उनी अवकाश लिन चाहन्छन् । केलीको ठाँउमा रिपब्लिकनका राजनीतिक रणनीतिकार निक आयर्सलाई नियुक्त गरिने सम्भावना छ । एक दुई दिनमा नयाँ कार्यकारी नियुक्त गरिने छ, ट्रम्पले भने ।

राष्ट्रपति ट्रम्पको कार्यकालमा उच्च अधिकारीको नियुक्त गर्ने र हटाउने क्रम निकै छ । त्यसैले अहिले एउटा भनाई निकै चल्तिमा छ, तपाईलाई नियुक्त गरियो । तपाईलाई हटाइयो ।

आजसम्म राष्ट्रपति ट्रम्पले हटाएका वा पद छाडन बाध्य पारेका उच्च अधिकारीको संख्या ३८ पुगेको छ । यसअघि विल क्लिन्टको कार्यकालमा १४ जना उच्च अधिकारीले राजनीनामा दिएका थिए । बाराक ओबामाको कार्यकालमा केवल दुईजना उच्च अधिकारी हटाईएका थिए ।

राष्ट्रपति ट्रम्पको कार्यकालमा हटाईका वा पद छाडन बाध्य पारिएका उच्च अधिकारी निम्न छन्ः

जेफ सेसन अटोर्नी जनरल
किक्की हेल, राष्ट्रसंघका लागि प्रतिनिधी
डोनाल्ड एफ मेघान, ह्वाई हाउस काउन्सेल
स्कट प्रिट, ईपिए प्रशासक
जेसेफ डब्लु हागेन, डेपुछटी चिफ अफ स्टाफ
मेजर जनरल रिक्की वाडेल, डेपुटी सेक्युरीटी एडभाईजर
नादिया चाड्सलो, डेपुटी सेक्युरीटी एडभाईजर स्ट्रटजी
थोमस पि रोवर्ट, होमल्याण्ड सेक्युरिटी एडभाईजर
माईकल एटोन, नेसनल सेक्युरिटी काउन्सिल स्पोक्सपर्सन
रेक्स डब्लु टिलरसन, सेक्रेटरी अफ स्टेट
होप हिक्स, ह्वाइट हाउस स्पोक्सपर्सन
डेभिड जे सुक्लिन, सेक्रेटरी अफ भेटन्र्स अफेयर
ले. जनरल एचआर म्याक मास्टर, नेसाल सेक्युरिटी एडभाईजर
एन्ड्रु म्याककावे, एफबिआई डेपुटी डाइरेक्टर
रिक डिर बर्न, ह्वाईट हाउस डेपुटी चिफ अफ स्टाफ
जोन म्याकइन्टी, टर्म्पका सहयोगी
गेरी डि कोन, ह्वाईट हाउस नेसनल इकोनोमिक काउन्सिल
रचेल एल ब्राड, एसोसिएट अछर्नी जनरल
डेभिड सेरेनसेन, ह्वाईट हाउस स्पिच राईटर
रोब पोर्टर, ह्वाईट हाउस स्डाफ सेक्रेटरी
ब्रेण्डा फिचगार्ड, डारेक्टर, सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन
कार्ल हिगवी, चिफ एक्सटरनल अफेयर्स
ओमरोसा एम न्यूम्यान, डारेक्टर अफ कम्युनिकेसन हा्वइट हाउस
डिना एच पावेल, डेपुटी नेसनल सेक्युरिटी एडभाईजर
टोक प्राइस, सेक्रेटरी हेल्थ एण्ड ह्युम्यान सर्भिस
किथ चिलर, डारेक्टर ओभल अफिस अपरेसन
सवास्तियन गोर्का, एडभाईजर
जर्ज सिफाकिस, डारेक्टर ह्वाईट हाउस पव्लिक
स्टेफन के बेनोन, चिफ एसटा्रटजी
एन्टोनी सारामुसी, ह्वाईट हाउस कम्युनिकेसन डाइरेक्टर
रायन्स प्रिबस, ह्वाईट हाउस चिफ अफ स्टाफ
सिन स्पिसर, ह्वाईट हाउस प्रेस सेक्रेटरी
माईक डुब्के, ह्वाईट हाउस कम्युनिकेसन डाइरेक्टर
के टी म्याकफारल्याण्ड, डेपुटी नेसनल एडभाईजर
जेम्स बि कोमे, एफकिआई डारेक्टर
केटिस वाल्स, हाउस चिफ अफ स्टाफ
माइकल टि फ्लिन, नेसनल सेक्युरिटी एडभाईजर

स्रोतः सिएनएन, वासिंड.टन पोस्ट आदी

प्रतिक्रिया