सबै महिलाको प्रतिनिधित्व गरेर म आईडलको टप ४ मा छु,अब जिताउने तपाईहरुको हातमा छ

इनेप्लिज २०७५ मंसिर २२ गते १४:४८ मा प्रकाशित

झापा । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता अधिकारीले आज दमकमा माहौल उचालेकी छिन् । उनले नेपाल आईडलमा टप ४ मा पहिलो महिला पुग्न सफल भएको भन्दै ईतिहास रच्ने अबसर आएको बताईन् । उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको बताईन् । उनले, भनिन्, सबै महिलाको प्रतिनिधित्व गरेर म आईडलको टप ४ मा छु,अब जिताउने तपाईहरुको हातमा छ प्लीज भोट गरिदिनुहोला ।

उँनले हरियो डाँडामाथि लगायत आधादर्जन गीत गाएर सुनाइन । उनीसग सेल्फि खिच्न दर्शकहरुले तछाड मछाड गरेका थिए । जसकारण स्थिती समाल्न हम्मे हम्मे भएको थियो ।

प्रतिक्रिया