बेदविद्याश्रमका बालकलाई न्यानो लुगा

इनेप्लिज २०७५ मंसिर २२ गते ९:५० मा प्रकाशित

डडेल्धुरा, मङ्सिर २२ गते । उग्रतारा मन्दिरस्थित बेदविद्याश्रका वटुकलाई न्यानो लुगा वितरण गरिएको छ । जिल्ला हिन्दू धर्मको संरक्षण गर्ने उद्येश्यले यसैवर्ष उक्त मन्दिर परिसरमा बेदविद्याश्रम खोलिएको थियो । वेदशास्त्र अध्ययन गरिरहेका १९ बालकलाई चिसोबाट जोगाउन विद्याश्रमले अनुरोध गरेपछि जिल्लास्थित कर्मचारी मिलन केन्द्रको पहलमा कम्मल प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी तथा मिलन केन्द्रका संरक्षक मोहनराज जोशीले बताउनुभयो । ती बटुकलाई अन्य सहयोग गरिने उक्त केन्द्रले जनाएको छ ।

नेपाल सरकारको भर्ना अभियानसँगसँगै नयाँ शैक्षिकसत्र २०७५ मा कक्षा ६ मा १९ वटुक अध्ययनरत रहेको विद्याश्रमले जनाएको छ । निःशुल्क रूपमा पढाइ हुने सो विद्याश्रममा छात्रावासको समेत व्यवस्था छ । धर्मशालाको छ कोठामध्ये दुईमा पठनपाठन गराइने र चार कोठामा आवासको व्यवस्था गरिएको छ । v

प्रतिक्रिया