नेकपा कर्णाली प्रदेशको प्रथम बैठक शुरु

इनेप्लिज २०७५ मंसिर २२ गते ९:३१ मा प्रकाशित
सुर्खेत, मङ्सिर  २२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शुरु भएको छ । आज बिहान ११ बजेटबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेकपाको ऐतिहासिक प्रथम बैठक शुरु भएको हो ।
 
नेकपा कर्णाली प्रदेशका इञ्जार्च जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष गोरखबहादुर बोगटीको अध्यक्षतामा बसेको बैठकमा १० जिल्लाबाट सहभागी सबै प्रदेश कमिटी सदस्यको सहभागिता रहेको छ ।
 
प्रथम पूर्ण बैठकको उद्घाटन प्रदेश इञ्जार्च शर्माले गर्नुभएको छ । उक्त बैठकमा सहभागी प्रदेश कमिटीका सदस्यले आजै शपथ खानुभएको छ । बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न हुने नेकपा कर्णाली प्रदेशले जनाएको छ । शुक्रबार बसेको नेकपा कर्णाली प्रदेशको बैठकले नेकपाको संसदीय दलको नेता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्णय गरिसकेको छ ।
 
एक सय ७५ सदस्यीय प्रदेश कमिटीमा कर्णाली प्रदेशको भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक विकासका बारेमा छलफल हुने जनाइएको छ । बैठकमा यो प्रदेशका १० वटै जिल्लाका सहभागी प्रदेश सदस्यलाई आवश्यक प्रशिक्षणसमेत दिइने बताइएको छ ।

प्रतिक्रिया