सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:४१
वासिङटन डिसी 18:56

नर्थ क्यारोलिनामा नारायण गोपाल सांगीतिक साँझ भव्य रुपमा सम्पन्न

इनेप्लिज २०७५ मंसिर २२ गते ५:१९ मा प्रकाशित


नर्थ क्यारोलिना , अमेरिकामा नेपालीहरुको साझा संस्थाको रुपमा परिचित नासा संस्था र स्थानिय टियनसीसीले गत बुधबार डिसेम्बर ५ तारिखका दिन स्वरसम्राट नारायण गोपालको २९औ स्‍मृति दिवसको अवसरमा आयोजना गरिएको नारायण गोपाल सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको उक्त संस्थाको सांस्कृतिक कमिटि प्रमुख बिशाल भारतीले बताए स्वर सम्राटको दिवसको साथ साथै काभ्रे जिल्लाको अत्यन्तै बिकट क्षेत्र चौरी देउराली गाउपालिका वार्ड न.९ अवस्थित सुर्योदय गाउपालिकाको १८२ जना बाल बालिकाहरुलाई नियानो भर्ने उदेश्यले सुइटर र टोपी किन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नासा संस्थाका अदक्ष्य माधव ढकाले बताउनु भयो ।

कार्यक्रमको पहिलो चरणमा सनुद सिटौला द्वारा सिरीमा सिरी बोल गितको बासुरी धुन संगै स्वर सम्राटको तस्बिरमा नासा र टियन सीसी अदक्ष्ययले मल्याप्रण र द्धीप प्रज्ववलन गरि औपचारिक रुपमा कार्यक्रमको शुरुवात गरेका थिए। नासा र टियनसीसी संस्थाका सांस्कृतिक कमिटि प्रमुख बिशाल भारतीको प्रस्तुति रहेको यस कार्यक्रममा पहिलो गीत म मरे पनि मलाई मेरो देशको माया छ भन्ने देशभक्ती गित प्रस्तुत गरेका थिए। आधा दर्जन स्वर सम्राटका कालाजायी गीतहरुलाई गायकहरु नगेन्द्र सोतांग, डा. दिबस कोइराला, बसन्त खडकाले प्रस्तुत गरि विश्व भरि रहेका नेपालीहरुलाई मन्त्रमुग्ध पारेका थिए । कार्यक्रममा आफ्नो मन्तब्य दिनु हुदै ढकालले विश्वभरि रहेका नेपालीहरुलाई यी १८२ जना बालबालिकाहरुलाई न्यानो भर्ने अभियानमा जोडिनको लागि अनुरोध गर्नु भएको थियो भने अर्का टियनसीसीका संस्थापक अदक्ष्य बसन्त खडकाले स्वर सम्राट नारायण गोपाल संग बिताएका पलहरुको चर्चा गर्नु भएको थियो। लगभग १ घन्टा चलेको उक्त सांगीतिक साँझबाट उठेको करिब १ लाख १२हजार रुपिया बराबरको सुइटर यसै महिना बितरण गरिने कार्यक्रम संयोजक बिशाल भारतीले बताउनु भयो ।

स्मरण रहोस यस अघि देशमा विनासकारी भुकम्प जादा आफु कार्यरत वेल्श फार्गो बैंकबाट उनकै पहलमा १ लाख डलर रेड क्रस मार्फत प्रदान गर्न सफल भएका थिए भने अन्य यस्तै लाइभ फन्डरैजिंग कार्यक्रमहरु गरेर कलाकार दीपक छेत्रीको उपाचारको लागि रु २ लाख, पपसम्राट गायक ओमबिक्रम बिष्टलाई उपाचारको लागि २ लाख ३० हजार, नेपालमा बाढी पीडितहरुको सहयोगको लागि १०१३ परिवारलाई १० लाख बराबरको राहत, भजन शिरोमणी भक्तराज आचार्य संगीत प्रतिस्ठान सहयोगार्थको लागि करिब २ लाख, देशका शीतलहर प्रभाबित पाँच जिल्लाका ६३० घरपरिवारलाई ५ लाख बराबरको न्यानो कम्बल वितरण गरेका थिए र अस्ति भर्खर उन्कै अगुवाइमा अमेरिकामा गठन भएको आमा समुहको बिभिन्न कार्यक्रम गरी उठेको करिब एक लाख रुपैया बराबरको लत्ता कपडा चितवन देबघाट र पशुपतिको ब्रिदाश्रममा बसोबास गरी रहनुभएका बृद्ध बाआमालाई यसै महिना प्रदान गर्ने प्रकृया कार्य अन्तिम चरणमा रहेको बताए |

प्रतिक्रिया