नेबिको प्रालिको नयाँ डाइजेष्टिभ बिस्कुट पोखराको बजारमा
पोखरा, मङ्सिर २१ गते । नेबिको प्रालिको नयाँ उत्पादन डी. ट्वान्टी डाइजेष्टिभ बिस्कुट शुक्रबारदेखि पोखराको बजारमा बिक्री वितरण सुरु भएको छ ।
कम्पनीका एरिया सेल्स म्यानेजर खेमराज बराल र सेल्स अफिसर हरि सुवेदीले संयुक्त रुपमा एक कार्यक्रमका बीच सो बिस्कुट सार्वजनिक गरेका हुन् । ९० ग्राम तौल रहेको उक्त बिस्कुटको बजार मूल्य २० रुपैयाँ तोकिएको छ । उत्कृष्ट मेटालिक प्याकिङमा उपलब्ध बिस्कुटको गुणस्तर निकै उच्च किसिमको रहेको एरिया सेल्स म्यानेजर खेमराज बरालले बताए । शरीरलाई आवश्यक पोषक तत्व र स्वस्थबद्र्धक भएकाले निर्धक्क भएर प्रयोग गर्न कम्पनीले आम उपभोक्तालाई आग्रह गरेको छ । डी. ट्वान्टी बिस्कुट उपभोक्ताको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन राख्न प्रशस्त शक्ति र फाइबरसहित उत्कृष्ट स्वादमा उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
नेपालकै पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिको प्रालिले विगत ५४ वर्षदेखि कोकोनट, ट्रेकर च्वाइस, थिन आरारोट, सुगर फ्रि डाइजेष्टिभलगायतका आफ्ना उत्पादनहरु उपभोक्तामाझ ल्याइरहेको छ ।
सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
प्रतिक्रिया