अस्ट्रेलियामा माघे संक्रान्ती मेला हुने

इनेप्लिज २०७५ मंसिर २१ गते २३:५८ मा प्रकाशित

डिसेम्बर ८, रकडेल

मगर समाज अस्ट्रेलियाको आयोजनामा यही जनवरी १२ तारिक शनिबारको दिन सिड्नी स्थित टेम्पल पार्कमा बृहत्त माघे संक्रान्ती मेला २०१९ हुनेभएको छ । नेपाल आईडलका टप ७ तथा गोल्डेन माईक वीनर निलीमा थापामगर र बुगीबुगी रनरअफ प्रगती पुन मगरको आर्कषक प्रस्तुतिका बिच चल्ने कार्यक्रममा लिगलिग दौड, मगरकल्चर डान्स, फुडस्टल सहितको बृहत्त संस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको मगर समाज अस्ट्रेलियाका ईभेन्ट कोडिनेटर दिपेश पुनले जानकारी गराउनुभयो ।

निशुल्क प्रबेश रहेको यस कार्यक्रमले प्रबासमा नेपाल र नेपालीे संस्कार र संस्कृतिको झल्को दिने एतिहासिक कार्यक्रम बनाउन हामी लागिपरेका छौ, जन्मभुमि छाडेर कर्मभुमिमा रहेर पनि नेपाल चाडपर्ब, मेला र संस्कृतिलाई भुल्न सकिदैन रहेछ, हाम्रो यस कार्यक्रक्रममा उपस्थित भई कार्यक्रमको सोभा बढाई दिनुहुन सिड्नी निवासी सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई सादर आमन्त्रण गर्दछौं भन्दै कोडिनेटर दिपेश पुनले आज पोस्टर रिलिज कार्यक्रममा सबैमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया