अमेरिकामा आउनेले सिक्नु पर्ने ७ कुराहरु

विजय थापा २०७५ मंसिर २१ गते १५:०७ मा प्रकाशित

मानिसले जीवन भर सिक्ने गर्छन । सिक्ने कुरा कसैलाई अनिवार्य पनि हुन सक्छ तर कसैलाई सिक्न चाहने मन पनि न हुन् सक्छ । त्यो भनेको सिकाईलाई ढोका बन्द गर्नु हो । बिज्ञान र प्रविधिको चमत्कारको कारण सवैका लागि अमेरिका बुझेका छन् सामाजिक संजाल र संचारको बिकासको कारण अमेरिका सबैले बुझेका छन् l तथापी व्यवहारिक रुपमा थुप्रै कुराहरुमा आप्रवासीहरु चुक्दछन l

सामाजिक सुरक्षा पत्र संख्या ( सोसल सेक्युरिटी कार्ड नम्बर ) कसैलाई नदिने : अमेरिका आएका र स्थाई रुपमा बस्ने कसैले पनि सर्बाधिक संबेदनशील तथा गोप्य राख्नु पर्ने कुरा सामाजिक सुरक्षा पत्र संख्या दिदैनन । दिनु हुदैन ,यदि दिएमा धेरै नोक्सान हुने हुन्छ । अपराधिक गतिमा संलग्न गरेका व्यक्तिहरुद्वारा दुरुप्रयोग गरि हामी कसैलाई भडखालामा जाकिन सकिने पनि हुन्छ । तर यो लिन र नया आगन्तुकबाट फुत्काउन अपराधी गतिमा संलग्न ब्यक्तिहरुले अनेक जुक्ति लगाई हजारौ मानिसहरुबाट लिएर दुख दिएका छन् । नया आगन्तुकहरु ज्यादा पिडित भएका छन् ।

चाहे ज्यान जाओस तर यो सामाजिक सुरक्षा पत्र संख्या ( सोसल सेक्युरिटी नम्बर) अपरिचित व्यक्ति या म फलाना हु भनेर संचार माध्यम या कुनै इमेल (बिधुतिय डाक ) मार्फत मागेता पनि जान्ने बुझ्नेलाई सोधेर मात्र हुन्छ भन्नु पर्छ । कोहि न भएको बेलामा यो मागेर फुत्काउने हुँदा याद गर्न अत्यन्तै जरुरि हुन्छ । हामी कसैले सामाजिक सुरक्षा पत्र बारेमा कुरा र चर्चा उपचर्चा गर्दै तपाई को कति हो भनेर सोधेमा पनि भन्नु हुदैन । तर बिश्वस्त मानिस या जागिर दिने स्थान या साहु या काम गर्ने ठाउँ र आफूलाई चाहिने कागजात बनाउनु पर्ने भएमा भौतिक रुपमा उपस्थिति भएर दिनु पर्छ ।

कार्यस्थलमा कसै संग झगडा गर्न नहुने : हामी अमेरिका बस्न आएका कसैले पनि कसै संग शत्रुता गर्नु हुदैन । हामी झगडा गर्न अमेरिका आएका हैनौ । हामी आफ्नो भबिष्य र परिवारको लागि अमेरिका आएका हौ । बरु सहेर बस्नु पर्छ तर झगडा गर्नु हुदैन । झगडा गरेमा जागिर जाने र निस्काशित हुने हुन्छ । फेरी अन्य स्थानमा जागिर को अलागी निवेदन दिंदा धेरै समस्या आई लाग्छ । अमेरिकामा हामि गौ प्राणी हुनु पर्छ । मौखिक बाझाबाझ पनि नगर्नु उत्तम । तर आवेशमा मानिसले रिस थाम्न नसकेर हात छोड्ने हुन्छन । आफू अमेरिकामा छु भने सोच्नु पर्छ । हाकिम ,कार्यस्थलका सहपाठी तथा सह कर्मचारी संग मुख नलाग्नु नै राम्रो । नेपाल जस्तै सम्झनु हुदैन ।

कार्यस्थलमा छल्न नहुने : नेपाल जस्तो काममा हाटा गर्न अमेरिकामा पाइदैन । सबै अभिलेख बिधुतिय प्रणाली बाट हुन्छ । केहि गर्दैनन र केहि हुदैन भन्ने कदापी नसोच्नु होला । काममा ढिलो आएता पनि छिटो आएको नभन्नु होला । काममा जुन समयमा आएको हो त्यहि मात्र भन्नु होला । सत्य बोल्न सिक्नु पर्छ । कदापी छल्ने उपाय नर्गनु होला । यसो गरेमा आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो ।

मेरिकामा शिष्टाचारको महत्व : अमेरिकामा अत्यधिक रुपमा कृपया ,धन्यबाद ,आभार प्रकट तथा माफ गर्नु होला ,क्षमायाचना तथा अन्य यस्ता शब्दहरु प्रयोग गर्ने चलन छ l नवागन्तुकले हत्तपत्त थाहा पाउदैनन l र हामी नेपालमा यस्ता कुराहरुमा पछाडी भएकोले अमेरिकामा छिटो कुरा जान्नु पर्छ l सानो या ठूलो सबैलाई प्रयोग गर्न अप्ठ्यारो मान्नु हुन्न l

अमेरिकामा काममा दैनिक लुगा फेर्ने :काममा हरेक दिन अर्को लुगा लगाइन्छ l हिजोको लुगा भोलि लगाएर आयो भने फोहरी सम्झन्छन l जसरी भए पनि आज लगाएको लुगा भोली त्यहि न लगाउनु नै राम्रो हुन्छ l अमेरिकामा सवै भन्दा राम्रो चिज नै काममा सफा सुग्घर कपडा लगाउने l कार्यलय भनेर गएता पनि सामान्य लुगा ले नै काम चल्ने हुन्छ l अमेरिकामा लुगा महंगो पर्छ भनेर धेरै त्यस्ता लुगा ल्याई रहनु नपर्ने l याद गर्नु पर्ने कुरा कपडामा स्त्री (आइरन )नगरी जाँदा पनि हुने हुन्छ l नेपाल जस्तो सधै चिटिक्क पर्नु नपर्ने l न तर काम र अन्य स्थानमा छोटो कुरा गर्ने अमेरिकन प्रचलन छ l

संक्षेपमा कुरा गर्नु पर्ने : अमेरिकामा ज्यादा लामो कुरा गरिदैन l व्यस्त हुनाले छोटो मिठो गफ गर्छन l धेरै खोजिनीति नगर्दा नै राम्रो l नव आगन्तुकलाई यो कुरा जान्नु जरुरी हुन्छ l फेरी अर्थ को अनर्थ नलागोस ,लामो कुरा पनि नहुने हैन तर काम र अन्य स्थानमा छोटो कुरा गर्ने अमेरिकन प्रचलन छ l छोटो सवाल छोटो जवाफ दिने मात्र प्रचलन छ ।

उभिएर काम गर्ने अभ्यास गर्न जरुरी : अमेरिकामा अधिकांश कार्यस्थलमा उभिएर काम गर्ने चलन हुन्छ । हामी नेपालीहरु अझ महिलाहरु चुला चौकामा उभिएर नै खाना बनाउदछौ । नेपालमा प्रहरी सेना तथा अन्य स्थानमा उभिएर नै काम गर्ने चलन पनि हुन्छ । उभिएर काम गर्नाले धेरै शारीरिक रुपमा लाभ पनि हुन्छ । प्रारम्भमा यसरी उभिएर काम गर्दा कष्ट पनि हुने हुन्छ । तर अमेरिका आउने हो भने अमेरिका आउनु अगाडी नै बानी बसाल्नु पर्छ ।

स्मरण रहोस ,मानिसले जीवन भर सिक्नु पर्छ यही नै हाम्रो धर्म र कर्तब्य पनि हो l आफ्नो देशमा एक नियम ,कानून,आदत ,दैनिक रहन सहन ,आचरण ,बोलीचाली लगायत थुप्रै अनगिन्ती कुराहरु गर्ने अभ्यास भएकोले त्यस्तो अभ्यास लागू गर्न खोज्दा अमेरिका आएका नवआगन्तुकहरु निकै अप्ठ्यारोमा पर्दछन l

धेरै कुराहरु सावधानी रहनु पर्ने ,सिक्नु पर्ने र जान्नु पर्ने हुन्छ l हामी मध्ये धेरैलाई अवगत भएता पनि धेरै ठाउँमा हामी चुक्दछौ l हामी जस्तो मूलुक बाट आएका नागरिकले यस्ता कुराहरु शहरमा केही सिक्ने मौका पाएता पनि गाउँ घर बाट आएकालाई केही कठिन हुने हुनाले कुराहरु सिके अमेरिकामा फाइदै फाइदा हुनेछ l

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया