श्रीलंकाको पत्रकार उत्सवमा नेपालबाट अशोक सिलवाल

इनेप्लिज २०७५ मंसिर २१ गते १४:४५ मा प्रकाशित

श्रीलंका प्रेस एशोसिएशन ९एसएलपिए०को ६३ औं बार्षिकोत्सव अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालका तर्फबाट लाङटाङ सद्भावना दूत समेत रहेका लेखक तथा पत्रकार अशोक सिलवाल विशेष अतिथीका रुपमा भाग लिएर भर्खरै स्वदेश फर्केका छन् ।

श्रीलंकाकै सबभन्दा पुरानो पत्रकार संस्था एसएलपिएको बार्षिक उत्सवमा आमन्त्रित सिलवाल नेपालका तर्फबाट पहिलो पत्रकार हुन् । आर्थिक राजधानी कोलोम्बोस्थित श्रीलंका फाउन्डेसनको सभास्थलमा सम्पन्न कार्यक्रममा इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट ९आइएफडब्लुजे० तर्फबाट भारतका प्रतिष्ठित १६ पत्रकारको समुह पनि नित्म्याइएको थियो ।

‘यो सुरुवात हो । आगामी बर्ष यसमा बढोत्तरी हुनेछ । ‘नेपाल–श्रीलंका पत्रकार सम्बन्धलाई थप बलियो र दाहोरो बनाउन सक्दो भुमिका खेल्न एसएलपिएले मलाई आग्रह गरेको छ’, स्वदेश फर्केपछि पत्रकार सिलवालले भने । सार्क राष्ट्रका पत्रकारलाई जोड्ने एउटा सञ्जाल तयार गर्नुपर्नेमा आइएफडब्लुजेका उपाध्यक्ष हेमन्त तिवारीले जोड दिए ।

एसएलपिए अध्यक्ष मुदिता कारियाकार्वानाको सभापतित्वमा कार्यक्रममा श्रीलंकाका दश दिग्गज पत्रकारलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित ‘डिएफ कारियाकार्वाना अवार्ड’बाट सम्मान पनि गरिएको थियो ।

‘सूचनाको अधिकार, वाक र स्वस्थ आलोचनाको स्वतन्त्रता, आधारभूत मानवअधिकारको सुनिश्चतता । तर, समय त्यसका लागि उपयुक्त थिएन । त्यस्तो बेला पनि पत्रकारितामार्फत स्वतन्त्रताका लागि जीवन समर्पण गरेका त्यस्ता दश पत्रकारलाई सम्मान गरिदैछ’, सम्मानपूर्व श्रीलंकाका मुलधारका प्रतिष्ठित संचारकर्मीहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा उद्घोषकले भनेका थिए ।

डा ,इड्विन आरियादाशा, सीथा रानजानी, एस थालिन्थन्, फुर्कान बी इफ्तिकार, बुद्ध्किा कुरुकुलारत्ने, सुमना निलापात्यि, के रुपासिंगे, सारथा मालासेकेरा, एमजेएम जारुक र डेनागामा श्रीवार्दनेलाई पत्रकारिताप्रतिको उनीहरुको सतत् योगदानको लागि सम्मान गरिएको थियो ।

नेपाल तथा भारतका पत्रकारको सम्मानमा कार्यक्रममा बाजागाजासहित श्रीलंकाका अनेक परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो भने कार्यक्रमपछि श्रीलंकास्थित राष्ट्रिय पर्यटन प्राधिकरणको सौजन्यमा श्रीलंकाका पर्यटकीय, धार्मिक र प्राकृतिक क्षेत्रहरुको सात दिने अवलोकन भ्रमण पनि गराइएको थियो ।
श्रीलंकाली सत्कार र उनीहरुको नेपालप्रेम शब्दमा व्याख्या गर्न नसकिने सिलवालले सुनाए ।

प्रतिक्रिया