निर्मलाले न्याय कहिले पाउने सरकार ?
निर्मला पन्तको न्यायको लागि आन्दोलन गर्दा नेपाल बिध्यार्थी संघले आफ्नो नेतालाई प्रधान मन्त्री बनाउन आन्दोलन गरेको हैन भन्दै नेबि संघ मोरङ क्षेत्र नं ३ का सभापती होमनाथ पोख्रेलले चेलिहरु दिनहु बलत्कार भैरहेको र सरकार लाचार भएको अवस्थामा आज हामी छोरा मान्छेहरु मुखदर्शक हुनु परेको बताए । उहाँले सभामा बोल्दै “बलत्कार पछि घाटी थिची हत्या, हुन्छ अनि सरकार न्याय दिनको सटा कुनै धर्मको प्रचारमा सहआयोजक भएर सुरक्ष दिन र नेपाली जनता चड्ने गाडी रोक्न तयार हुन्छ” भन्दै यस्तो परिपाटीको अन्त्य हुनु पर्नेमा जोड दिए ।
निर्मला पन्तको न्यायको लागी देशै भर सरकारको चर्को आलोचना भैरहेको बेला पथरी बहुमुखी क्याम्पसको स्ववियू संगठनले निर्मला पन्तको न्याय नेपाल सरकार संग मागेको छ । नेपाल स्वतन्त्र बिध्यार्थी संगठनले व्गकतष्अभ म्भबिथभम ष्क वगकतष्अभ म्भलष्भम, भन्र्दै गृह मन्त्रीको राजिनामाको माग राखेका छन । पथरी बहुमुखीबाट प्ले कार्ड बोकेर निस्कीएका बिध्यार्थी संगठनले नगरपालिकामा लगेर पोस्टर पम्पीलेट र स्टीकर टासेका थिए भने चौक चौर र गाडीहरुमा समेत स्टीकर टासेर न्यायको माग गरेका छन । बिध्यार्थीले “पोल पोलमा सरकार टोल टोलमा बलत्कार”, बलत्कारीलाई कार्वाही गर, केपि ओलिको उपहार महगी र बलत्कार, गृहमन्त्री राजिनामा दे, निर्मला पन्तलाई न्याय दे भन्दै नगर परिक्रमा गरेक हुन । १ सय दिन कटी सक्दा पनि निर्मलाले न्याय नपाएको भन्दै बिध्यार्थीले ब्याग, ज्याकेट र मोवालइमा स्टीकर टासेर समर्थन जनाएका छन ।
कार्यक्रममा बोल्दै अनेरास्ववियूका नेता बिबेक न्यौपानेले “सरकार भेटीयो न्याय भेटीएन” भनिरहेको अवस्थाामा सरकारले चाडो भन्दा चाडो बलत्कारी पत्ता लगाई समस्या समाधान गर्न जोड दिएका छन । उनले “निर्मलाकी आमाले निर्मलाको ज्यान मागेको हैन केवल बलत्कारीलाई कार्वही मागेको भन्दै सरकारले यो कुरा पुरा गर्नु पर्नेमा जोड दिएका छन ।
त्यस्तै कोण सभामा कोल्दै बिध्यार्थी नेत्री एलिना दियालीले “ढिलो न्याय दिएको भन्दा न्याय नदिएकै जाति” भन्दै निर्मलालाई बिभिन्न पाटीले इस्यू बनाइरहेको बेला जब सम्म पाटि र जाती भन्दा माथी नउठे सम्म यस्ता घटना दिनहु दोहोरीने बताइन । निर्मला एउटा पतिनीधी पात्र भएकाले आफु पनि स्वयम निर्मला भएको भन्दै आफु असुरक्षीत रहेको बताईन ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया