सिनेमा यात्रामा ‘कथा ७२’, मङ्सिर २६ गते ईटहरिमा च्यारिटि शो हुदै (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर २१ गते ४:११ मा प्रकाशित
ईटहरी/ ठुलो पर्दाको नेपालि फिल्महरूले हरेक साता हल पाउने गर्दछ । तर फिचर फिल्महरू हलमा खासै सार्बजनिक प्रदर्शन हुने गरेको पाईदैन । तर यस्ता फिल्महरु निर्माण पछि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिभल तथा प्रतियोगितामा पठाईने गरिन्छ । पछिल्लो समय यो ट्रेण्ड पनि संगै लिएर च्यारिटि शो लिएर देश दौडाहामा निस्किएको छ ‘फरक नेपालि सिनेमा’ । हेर्नुस यस यात्रा तथा च्यारिटि शोको बारेमा गरिएको भिडियो कुराकानी ।
पुरानो धारलाई चिर्दै नया शैलीमा यस्ता खाले फिल्मलाई देशभर च्यारिटि शो को सुरुवात यहि फिल्म ‘कथा ७२’ मार्फत गरिएको सिनेमा यात्राका निर्देशक किरण बिकले बताए । यो यात्रा सुनसरीको मुख्य केन्द्र ईटहरिबाट हुने बताउदै शोबाट उठेको रकम भुकम्प पिडित बालबालिकाको शिक्षामा लगानी गर्ने बताएका छन् । ईटहरिमा यहि मङ्सिरको २६ गते एलाईट सिनेमा हलमा प्रदर्शन हुने भएको छ । कथा ७२ ले भुकम्प पिडितको एक परिवारको दर्दनाक कथा बोल्छ । जसले समग्र भुकम्प पिडितको प्रतिनिधित्व गर्दछ ।
त्यस पश्चात देशका अन्य शहरहरुमा प्रदर्शन गरिदै २०७६ सालको बैसाख १२ गते काठमाण्डौमा भब्य प्रिमियर गर्दै यात्राको समापन गरिने बिकले जानकारी गराए । सबैलाई सहयोगको अपिल गर्दै उनले ईटहरि र आसपासका सिनेप्रेमी वा कलाप्रेमीहरु सम्पुर्णलाई मङ्सिर २६ गते ‘कथा ७२’ हेर्न ईलाईट सिनेमा हल आउन आग्रह गरेका छन् । शो साझ ४ बजेबाट सुरु हुने छ भने ५०० र १००० को टिकट प्रबेश शुल्कको रुपमा लाग्ने छ । शो पछि नाफा भएको रकम निष्पक्ष रुपमा भुकम्प पिडित बालबालिकाको शिक्षामा लगानी गरिने उनले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया