सोमबार, असोज ११ २०७८
काठमाडौं ०३:१८
वासिङटन डिसी 17:33

डीसी क्षेत्रका थापाले ७ महादेश र अमेरिकाका ५० राज्यका राजधानीमा गल्फ खेलेर यसरी ईतिहास कोरे

इनेप्लिज २०७५ मंसिर २१ गते ०:४३ मा प्रकाशित

७ महादेश र अमेरिकाका ५० राज्यका राजधानीमा गल्फ खेलेर ईतिहास कोरे पछि खुशी हुदै बिनोद थापा

मानिसले किर्तिमान र ईतिहास रच्न अनेक चिज गर्ने गर्दछन । अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ५४ बर्षिय नेपाली मूलका बिनोद “बेन”थापा ” ले गल्फ खेलमा ईतिहास कोर्ने काम गर्न सफल भएका छन् ।

झन्डै ३ दशक देखि अमेरिका आई हाल भर्जिनिया राज्यको साउथ राईडिंग शहरमा बस्दै आएका गल्फ खेलाडी थापाले एक प्रकारको किर्तिमान कायम गर्ने काम गरेका छन् । बिगत २५ बर्ष देखि थापाले गल्फ खेल खेल्दै आई रहेका छन् । उनले खेल जगतमा उत्प्रेरणादायी काम गरेका छन् । सदैव निम्न रुपमा आफूलाई राख्न चाहने ( लो-प्रोफायल) उनले गल्फ खेलमा चकित पार्ने काम गरेका छन् । सूचना प्रबिधिमा म्यारील्याण्ड बिश्व बिद्यालयबाट उच्च शिक्षा हासिल गरेका थापा आईटि इन्जिनियर (अभियन्ता )हुन् ।

उनले गिनिज वर्ल्ड रेकर्ड्सको लागि यो आश्चर्यजनक तथा अद्भुत प्रयास गर्नको लागि गरेका हैनन् । उनले आफूले प्राप्त गरेको ऐतिहासिक प्राप्तिलाई केवल नेपाल र नेपाली समुदायलाई हिस्सा गर्न मात्र चाहेका हुन् । गल्फ खेल उनको अत्यधिक प्यारो मनोभाव (प्यासन )अर्थात् शौक भएको कारण खेल्दै जाँदा उनले अमेरिकाको ५० वटा राज्यका ५० वटै राजधानी तथा बिश्व कै ७ महादेश भ्रमण गर्दै गल्फ खेली आफ्नो सपना पुरा गरेका छन् ।

५० वटा राज्यका ५० वटै राजधानीका गल्फ मैदानमा खेलेको दृश्य

यसरी सात वटा महादेश र अमेरिकाका पचास राज्यका पचास राजधानीमा डीसी महानगर क्षेत्र बाट भ्रमण गरेर सहभागिता जनाउनु चानचुने कुरा भने पक्का हैन । यसको लागि आँट ,दृढ संकल्प ,समय ,आर्थिक खर्च ,लगन र योजना चाहिन्छ । के उनि व्यवसायिक गल्फ खेलाडी हुन् त ? अमेरिकामा खेल खेलेर मात्र जीविकोपार्जन गर्दै आएका हुन् त ? अवस्य पनि हैन । गल्फ खेल्नु उनको शौक हो ,उनि भन्छन ।

                                                                                                ५० वटा राज्यका ५० वटै राजधानी

उनले ७ महादेश अन्तर्गत अफ्रीका महादेशको इजिप्ट ,एन्टार्कटिकाको प्रोजपेक्ट पोइन्ट ,एसियाको नेपाल ,अस्ट्रेलियाको सिड्नी ,यूरोपको स्पेन ,नर्थ अमेरिकाको सयुक्त राज्य अमेरिका तथा दक्षिण अमेरिकाको अर्जेन्टिनामा गल्फ खेलेका छन् । https://www.adventuresmithexplorations.com/my-quest-for-the-antarctic-circle?

७ महादेश गल्फ 

उनले यसरी ७ महादेश र अमेरिका कै ५० वटा राज्यमा वास्तविक खेल सुरु अक्टोबर ,२००८ देखि सुरु गरेका हुन् । तथापी उनले सन् १९९१ मा पहिलो पटक देखि फ्लोरिडाको वेस्ट पाम बीच (समुन्द्रतट)बाट गल्फ खेल खेल्न प्रारम्भ गरेका हुन् । नेपाल बाट आए पछि १९८९- १९९० सम्म इन्डियाना १ बर्ष पछि मेरिल्याण्ड आएर १९९१ -१९९९ मा बसे । सन् २००० देखि हाल सम्म भर्जिनियाको साउथ राइडिंगमा बसोबास गर्दछन ।

पहिलो पटक खेलेको दृश्य नर्थ डाकोटाको हकट्री गल्फ कोर्स (मैदान)

अमेरिका आए देखि शौकको रुपमा खेल्न प्रारम्भ गरेका बिनोद थापा बिदेशीहरु द्वारा ‘बेन’नामले परिचित छन् । उनले ५ बर्ष भित्र समाप्त गर्ने योजना बनाएता पनि करिव १० बर्षमा उनको योजना पुरा भएको भएको छ । उनले सबै भन्दा पहिले अमेरिकाको नर्थ डाकोटाको हकट्री गल्फ कोर्स (मैदान) बाट प्रथम गल्फ खेल्दै अमेरिकाको होनोलुलुको होनोलुलु कन्ट्री कल्बमा गत अक्टोबर २०१८ मा ५० औ खेल पुर्याएका हुन् ।

अमेरिकाको होनोलुलुको होनोलुलु कन्ट्री कल्बमा ५० औ खेल 

उनि १८ होल कोर्स अर्थात् १८ प्वाल भएको मैदानमा खेल्दछन । उनले अमेरिकाको ५० औ राज्यका राजधानीमा क्लब कै सदस्य तथा स्थानीय खेलाडीहरुसंग खेलेका छन् ।

५० औ राज्यका राजधानीमा क्लब कै सदस्य तथा स्थानीय खेलाडीहरु

अझ रोचक र उनले गरेका रमाइला अनुभव ,तिता अनुभूति र उनले बिश्व भ्रमण तथा खेल खेल्ने क्रममा के के हासिल गरे ? कस्ता कस्ता कठिनाई तथा समस्या भोग्नु पर्यो ? कसरी ७ वटा महादेश गएर गल्फ खेल्न सके ?

यति मात्र हैन उनले दक्षिणी ध्रुब ( एन्टार्टिका)मा समेत गल्फ लागेका छन् । https://www.adventuresmithexplorations.com/my-quest-for-the-antarctic-circle?

किन बाल्टी सुची बनाए { बकेट लिस्ट )

सन् १९९० देखि सन् २००० को अमेरिकाको पूर्व देखि पश्चिम समुन्द्रतट भ्रमणको क्रममा देखिएका मनोरम तथा सुन्दर दृश्यले आफूलाई मोहित पारेको उनले उक्त योजना उनको मनमा लागेको बताएका छन् । साथै आफूलाई मैदान यात्रा निकै मनोरंजन लाग्ने भएकोले अमेरिका पुरै घुम्न चाहेको बताएका छन् । आफूलाई गाडी चलाउन मन पराउने र ५० वटै राज्यमा गएर गल्फ खेल्ने अठोट बनाए पछि काम फत्ते गरेर छोडेका छन् ।

साथै उनले आफ्नो ३ वटा इच्छा रहेको उल्लेख गरेका छन् । पहिलो अमेरिकाका ५० वटै राज्यका राजधानीमा गएर गल्फ खेल्ने ,दोश्रो सवारी साधन यात्रा गर्ने र तेश्रो ५० वटा राजधानीको भ्रमण गर्ने रहेको जनाएका छन् ।

                                                                                                     ५० वटा राज्यका तासहरु

कसरी उनले यो योजना सफल गरे ?

थापाले खेल प्रारम्भ गर्नु ५ बर्ष अगाडी देखि यस बिषयमा योजना तथा समन्यवय गरि रहेको बताएका छन् । उनि अमेरिकामा २० बर्ष देखि उही प्रतिष्ठान(कम्पनि) मा काम गरि रहेको हुनाले बिदा सुबिधा प्रसस्त पाइने हुनाले यो सम्भव भएको उल्लेख गरेका छन् । उनले जति पनि यात्रा गरेका छन् ति सवै सबै निजि भ्रमण र निजि खर्चमा भएको हो ।

अमेरिकाका ५० राज्यका गोला (बल) चिन्ह लगाउने

उनि जाडो मौषममा दक्षिणी क्षेत्र र ग्रिष्ममा उत्तरी क्षेत्रमा खेल्ने र एक यात्रामा ४ वटा राज्यमा गल्फ खेल्ने बताएका छन् । उनि भन्छन ,आफूले सदैव दुई गल्फ मैदानमा टि टाइम(खेल खेल्न दिइएको पूर्व समय )त्यही दिन बनाउने उल्लेख गरेका छन् । यसो गरेमा दोश्रो गल्फ खेलमा समेत अतिरिक्त खेलाडीको रुपमा आफुले समय व्यवस्थापन गर्न सकिने बताएका छन् । यस्तो पटक अल्प मात्रामा मौका पाएको उल्लेख गरेका छन् ।

५० वटा राज्य बाट ल्याएका छोटा गिलासहरु

१८ र ९ प्वाल किन ?

उनि भन्छन ,४७ वटा राज्यका राजधानीमा १८ वटा प्वाल भएका गल्फ मैदानमा खेलेको बताए । तर अलास्काको जुन्यु, ,मेनको एगुस्टा र भरमोन्टको मोन्टपेलिएरमा केवल ९ प्वाले मैदान मात्र भएकोले आफूले दुई पटक खेल्दै आफुले गरेको अंक लेख्नु पर्यो भनि लेखेका छन् ।

५० वटा राज्यमा टिसर्ट(गन्जी) माथि लेखिएका दस्तखतहरु

उनि भन्छन ,उनको प्रथम प्राथमिकता अर्थात् क्राईटेरिया १ मा राज्यको राजधानी मात्र खेल्नु परेकोले अन्यत्र अन्य स्थानमा रहेका गल्फ मैदानमा नजाने उल्लेख गरेका छन् । साथै धेरै शहरहरुमा गल्फका लागि प्रसस्त जग्गा नहुने तर जति शहर बाहिर  गयो त्यतिनै ठुलो र फराकिलो मैदान हुने उनको अनुभव रहेको बताए । तर पनि शहरहरुमा गल्फ मैदान नहुने भनेको चाही हैन भनि उनि बताउदछन । गल्फ मैदान शहर र बाहिर उही आकारका भएता पनि सामान्यतया शहरका गल्फ कल्बहरु राम्रो संग शहर बाहिरको तुलनामा सम्भार कम हुन्छ भनि उनको भनाई छ ।

खेलाडी तथा कल्बका सदस्यहरुले उनलाई दिएको हौशला ,के के भने ? उनको सम्झनामा आए अनुसार सम्भवत ३५ औ पटक गल्फ खेलको क्रममा उनले आफ्नो योजना भने पछि सबैले प्रशंसा गरेका थिए भनि उनि बताउदछन ।

उत्कृष्ट गल्फ मैदानहरु कुन कुन हुन् उनको नजरमा ?

होनोलुलुको होनोलुलु गल्फ क्लब ,फ्रयांकफर्ट ( केन्टकी ) न्यू योर्कको वल्फ़र्ट्स ,न्यु जर्सीको बेरी हिल्स ,भरमोन्टको मोन्ट पेलिएर तथा न्यु ह्याम्पसायरको कन्कर्ड लागेको उल्लेख गरेका छन् । साथै उनले राम्रा गल्फ मैदानहरुमा क्रमस नर्थ डकोटाको हकट्री ,हेलेना मोन्टाका को फक्स रिड्ज ,ओक्लाहोमा को लिङ्कन पार्क गल्फ क्लब आदी ईत्यादी उल्लेख गरेका छन् ।

अमेरिकाका अन्य राजधानी बाहेक बाहिर का गल्फ मैदानहरु

आफूले गरेका गल्फ अंकहरु : हरेक राजधानीमा राम्रो संग खेल्न मन लाग्ने जनाएका छन् । उनि भन्छन यात्रा गरेर खेल सुरु गर्नु रहेता पनि सदैव चुनौती रहेता पनि कुनै स्थानमा राम्रो प्रदर्शन भएको हुन्थ्यो भने कहिँ ठिकै भएकोमा चित्त बुझाएको उल्लेख गरेका छन् ।

उनले केहि स्थानमा खेल खेल्दा उनलाई खेलाडीहरुले प्रशंसा गरेको उल्लेख गर्नु को साथै गल्फ खेलाडीहरु सदैव अर्का खेलाडीलाई हौशला दिने गर्ने जनाएका छन । उनले एटलान्टा ,पेन्सेलभेनिया ,एरिजोना तथा रिचामण्डमा खेल्दा साथीहरुले भनेका टिप्पणी ,प्रशंसाको बारेमा चर्चा समेत गरेका छन् ।

५० वटा राज्यका गल्फ बलहरु

५० औ राजधानीको अन्तिम सम्झना : उनले भनेका छन् आफ्नी पत्नीलाई गल्फ खेल त्यति नरुचाउने उल्लेख गरेका छन । ५० औ तथा अन्तिम खेल होनोलुलुमा गल्फ खेलमा जीवन संगिनी आएकी हुनाले त्यो दिन मेरो लागि बिशेष रहन पुगेको थियो उनि भन्छन | उनले होनोलुलुको ५० औ गल्फ खेल निकै महत्वपूर्ण भएको बताउदै निकै मुस्किलले प्रथम टि टाइम बनाउन सफल भएको उल्लेख गरेका छन् ।

होनोलुलुमा टि टाइम बनाउन आफुले ४९ औ पटक अन्य राज्यका राजधानीमा खेली सकेको र आफुले ७ महादेश खेली सकेको भन्दै होनोलुलु ५० औ खेल र अन्तिम हुने भनि सम्झाए पछि अन्य ३ खेलाडीसंग खेल्न पाएको चर्चा गरेका छन् । उनले आफ्नी पत्नीले आखिर तिमिले आफूले बनाएको योजना र सपना पुरा गरेकोमा तिमिले गरि छाडेको भनि प्रशंसा गरेको कुरा उल्लेख गरेका छन् ।

गल्फ टि शर्ट (गल्फ गन्जी ) कहाँ कहाँ लगे र के के गरे ?

भर्जिनियाको साउथ राइडिंग गल्फ कल्बका सेतो रंगको गल्फ लेखेका गन्जी ५० वटा राज्य मै उनले लगेका छन् । खेल सकिए पछि उनले उनीहरुको हस्ताक्षर गराउथे । उनीहरुले आफ्नो नाम ,गल्फ क्लबको नाम ,राजधानी ,राज्य तथा कहिले खेलेको मिति समेत लेखि दिएका छन् । जुन गन्जी निकै किमती छ भन्दै उनले सुरक्षित राखेका छन् ।

अत्यधिक स्थानमा गल्फ खेल्न जाँदा सवारी साधनलाई कहिले प्रहरी द्वारा टिकट (दण्ड पुर्जी) पाएका छन् त ?

५० वटा राज्यहरुमा सवारी साधन लिएर पुग्दा र ओहोर दोहोर गर्दा पनि कहिले पनि दण्ड जरिवाना तिर्नु नपरेको उल्लेख गरेका छन् ।

चाखलाग्दो संक्षिप्त खेलका रोचक घटना :

उनले नर्थ डाकोटामा आफ्नो जीपीएस (मार्ग दर्शक उपकरण) ले काम नगरेकोमा बाटोमा बीचमा बिजोक भएको चर्चा गरेका छन । १५ मिनेट पछि अर्को गाडीको सहायताले आफु गन्तब्यमा पुगेको चर्चा गरेका छन् । यसै गरि दक्षिण डाकोटामा बाटोमा अर्को सेवा १ सय ८ माइल पछि भनि लेखेको देख्दा झसँग भएको उनले भनेका छन् ।

अर्को २ घण्टा सम्म कुनै घर नदेखेको ,कुनै प्रहरी नदेखेको उल्लेख गर्दै केवल पशु कृषि केन्द्र (फार्म )मात्र देखेको भनेका छन् । यदि गाडी यस्तो स्थानमा खराव भएमा के हुन्थ्यो भन्दै सोच्न बाध्य भएको उनले आफ्ना कुरा राखेका छन् ।

गल्तिको कारण अर्को ठाउंमा खेलेको : उनि भन्छन आफु संग सदैव कहाँ खेल्ने ,ठेगाना ,सुची हुन्थ्यो भन्दै मिजौरीमा गल्तिले अर्को ठाउँमा खेलेको चर्चा गरेका छन् । खेलेको भोलि पल्ट याद भए पछि आफुले खेल्ने योजना बनाएको गल्फ मैदानमा खेलेको चर्चा समेत गरेका छन । अर्को दिन मिजौरीको जेफर्सन शहर स्थित गल्फ कल्बमा खेलेको बताएका छन् ।

 

अमेरिकाका राजधानीबाट खरिद गरेका टिसर्ट (गन्जी )हरु

अर्को धोका भर्जिनियाको रिचमण्डमा : भर्जिनियाको राजधानी रिचमण्डको ग्लेनवुड गल्फ मैदानमा दुई पटक यात्रा गर्नु परेकोले खेल्न जाँदा आफुले लागेको गल्फ गन्जीमा हस्तक्षर गर्न भुलेको उल्लेख गरेका छन् । धन्न अलास्का र हवाईमा यस्तो नभएकोमा खुशी व्यक्त गरेका छन् ।

५० वटा राज्यमा किनेका कफी मगहरु

अमेरिकाका मनमोहक दृश्य तथा मनोरंजन भएका राज्यहरु : सुन्दर पहाडहरु मेन ,भरमोन्ट र न्यु ह्याम्पसायरको भएको बताएका छन् । पोर्टल्याण्ड ओरेगन बाट इडाहो को आई-८४ को कोलम्बिया /स्नेक नदि ,इडाहोबाट देखिने सुन्दर कृषि केन्द्र ,मोन्टाना पहाड ,अलास्काको हिमपहाड आदी कहिले भुल्ने नसकिने उल्लेख गरेका छन् ।

उनले सिकेका पाठहरू :उनले फ्लोरिडाको ज्याक्सनभिल बाट टलाह्यासमा राती ८ बजे अचानक गाडी बिग्रिएको क्षण निकै पीडादायक र रोचक भएको उल्लेख गरेका छन् । उनले बाध्य भएर प्रहरीको ९११ का बोलाउनु परेको चर्चा गरेका छन् । अन्धकारमय मुख्य राजमार्गमा दुई घण्टा व्यर्थमा बस्नु परेको निकै तनाव रहेको बताएका छन् ।

केहि राज्यका सुन्दर दृश्यहरु

अन्त्यमा उनले पहिले खबर गरेको ट्रिपल ए आएर इन्धन(ग्यास )राखे पछि आफू गन्तब्य तर्फ लागेको उल्लेख गरेका छन् । उनि भन्छन ,यदि लामो यात्रामा छौ भने एक चौथाई इन्धन सम्म चिन्ह पुग्दा फेरी इन्धन (ग्यास) राख्नु पर्ने उनको सुझाव रहेको छ ।

आफु संग भएका बिभिन्न सामग्रीहरु आफु जहाँ गए पनि कोशेली स्वरुप गल्फ गन्जी ,टोपी ,गल्फ बल आदि इत्यादी खरिद गरेको बताएका छन् । साथै आफुले एक प्रकारको संकलन गर्ने र आफ्नो बेस्मेंट (छिडी)मा सजाएर राख्ने उल्लेख गरेका छन् ।

५० वटै राज्य बाट ल्याएका राज्यका सजावटका जनावरहरु

साथै बाल्टीमा रहेका सामाग्रीहरु ७ महादेशबाट ल्याएको र संकलन गरेको जनाएका छन् । अन्त्यमा उनले सन् २००८ को अक्टोबर बाट सुरु भएको गल्फ यात्रा अन्त्यमा सन् २०१८ मा आएर समाप्त भएको जानकारी दिएका छन् । उनले आफुलाई हौशला दिने परिवार सदस्यहरु ,साथीभाई र गल्फ खेलाडी सबैलाई धन्यवाद दिएका छन् । उनि डिसी महानगर क्षेत्रको भर्जिनियाको साउथ राइडिंग गल्फ क्लबका सदस्य रहेको जनाएका छन् ।

५० वटै राज्य बाट ल्याएका टोपीहरु

आफूले हरेक बर्ष को शुक्रबार रात्री गल्फ प्रतियोगिता गराउने जसमा १२ वटा समुह छन् । उक्त प्रतियोगिता ४ महिना नियमित मौषमी खेल तथा १ महिना बिशेष खेल हुने उनि बताउदछन । अहिले सम्म भर्जिनिया र मेरिल्याण्डमा भएको गल्फ प्रतियोगितामा ७ गल्फ प्रतियोगितामा बिजयी भएको बताएका छन् । उनि भन्छन ,७ महादेश र अमेरिकाका ५० राज्यका राजधानीमा गल्फ खेल्नुले निकै अर्थ र महत्पूर्ण माने राख्ने बताउद्छन । उनि भन्छन बाल्टी सूची धेरै गल्फ खेलाडीहरुले संकलन गर्ने गर्छन होला उनि भन्छन । तर अमेरिकाको हरेक राज्यको राजधानीमा गल्फ खेलको सूची निकै दुर्लब हुने उनि बताउद्छन ।

आफुले ५० वटै राज्यका राजधानी र ७ वटा महादेशमा गएर गल्फ खेल खेल्नु निकै अद्वितीय भएकोमा निकै हर्ष लागेको ईनेप्लिजलाई बताए ।

७ महादेशका केही ऐतिहासिक दृश्यहरु

अंग्रेजी पढ्नेहरुका लागि यो पिडिएफ थिच्नु होला :

Golf Journey – Seven Continents to Fifty Capitals (Binod Thapa)

प्रतिक्रिया