अमेरिका चिन व्यापार युद्ध

यादवराज जोशी २०७५ मंसिर २० गते २१:२९ मा प्रकाशित

वासिडंटन डिसीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सि जिड.पिड.बीचको व्यापार युद्ध अन्त्य गर्ने सहमति एकसाता पनि नबित्दै टुटेको छ । यसको प्रत्यक्ष असर अमेरिकी सेयर बजारमा देखिएको छ ।

गत बिहीबार अर्जेन्टिनामा राष्ट्रपति द्वयबीच वार्ता भएको थियो । वार्ता लगत्तै ट्रम्पले चिनसंगको वार्ता सफल भएको बताएका थिए । उनले चिनले अमेरिकी समानमा तिनले भन्सार दर कम गर्ने र अमेरिकी कृर्षि उपज चिनले किन्न थाल्ने ट्विट गरेका थिए । यसले अमेरिकी पूंजी बजारमा सकारात्मक सन्देश गएको थियो । तर, उक्त ट्विट झुठो थियो ।

सोमबार चिनका सरकारी सञ्चारमाध्यमले दुई राष्ट्रपतिबीचको वार्ता सौहाद्र भएपनि त्यहाँ कुनै सहमति नभएको बताए । अमेरिकी लगानिकर्तामा बढेको आत्मविश्वास ओरालो लाग्यो । मंगलबार न्यूयोर्क सेयर बजार पनि पाँच सय अंकले तल झर्यो ।

बुधबार चिनीया कम्पनी हुवाएकी प्रमुख वित्तिय अधिकृत मेड. वानझाउ क्यानडामा पक्राउ परिन । उनलाई अमेरिका सर्पुदगी गर्ने कुरा समाचारमा आए । अमेरिका र चिन पुनः व्यापार युद्धको स्थितीमा पुगे । त्यसको प्रत्यक्ष असर न्यूयोर्क सेयर बजारमा पर्यो । विगत दुई दिनमा न्यूयोर्क सेयर बजारमा १३ सय अंकको गिरावट आईसकेको छ ।

हुवाएकी प्रमुख वित्तिय अधिकृत वानझाउको गिरफ्तारीले अमेरिका मात्र होईन विश्व बजारमै तहल्का मच्चिएको छ । यसको असर विश्व प्रविधी बजारमा परेको छ । चिनको सांघाई सेयर बजारमा मन्दी छाएको छ । हड.कड. सेयरबजार २.३ प्रतिसतले घटेको छ ।

हुवाए र अमेरिका विवाद

इरान र उत्तर कोरियालाई टेलिकम्युनिकेसन उपकरण बिक्री गरेकोले अमेरिका हुवाएसंग रिसाएको छ । अमेरिकाले ति देशमा व्यापार प्रतिवन्ध लगाएको छ । गत अप्रिलमा अमेरिकाले कुनै पनि सरकारी आयोजनामा हुवाए र जेटिईका उपकारण नकिन्ने निर्णय गरेको थियो ।

हुवाएका उपकारणले अमेरिकी सुरक्षामा पनि समस्या भएको अमेरिकाको भनाई छ । टेली कम्युनिकेसनको क्षेत्रको विश्वको ठूलो कम्पनी हुवाए गत दशक अमेरिकी बजारमा प्रवेश गरेको थियो । अमेरिकी टेलीफोन सेवा प्रदायक एटी एण्ड टी हुवाएको ठूलो ग्राहक हो ।

इरान र उत्तर कोरियामा अमेरिकीले लगाएको प्रतिवन्ध पालन नगरेको र हुवाएका टेली कम्युनिकेसन उपकरण अमेरिकी सुरक्षाका लागि खतरनाक भएको अमेरिकी गुप्तचर निकाय सिआईएको ठहर छ ।

सुरक्षा कै कारण देखाउदै बेलायत र न्यूजील्याण्डले हुवाएको फाईभ जी सेवाका उपकरण आयातमा प्रतिवन्ध लगाएका छन् । अर्कोतर्फ प्रविधी क्षेत्रमा चिनले गरेको प्रगतिबाट त्रसित भएर अमेरिका र उसका समर्थक राष्ट्रले हुवाएमाथि प्रतिवन्ध लगाएको विश्वास गर्ने पनि धेरै छन् ।

चिन अमेरिका व्यापार युद्ध चर्कने

हुवाएकी प्रमुख वित्तिय अधिकृत मेड. वानझाउलाई डिसेम्बर १ मा क्यानडाले पक्राउ गरेपछि अमेरिका सर्पुदगीको कुरा चलिरहेको छ । यसले चिन अमेरिका व्यापार युद्ध पुनः चर्कने देखिएको छ । यसै वर्षको पूर्वाधमा अमेरिकाले चिनिया समानमा भन्सार वृद्धि गरेपछि त्यसको प्रत्यूत्तरमा चिनले पनि अमेरिकी समानमा भन्सार वृद्धि गरेको थियो ।

भन्सार दर वृद्धिबाट सुरु भएको अमेरिका चिन व्यापार युद्ध वानझाउ पक्राउपछि अझ संगिन बनेको छ । विश्वका विकसित देश सम्लग्न हुवाएको मुद्दाले विश्व अर्थतन्त्रलाई अझ कमजोर पार्ने अनुमान विश्व सञ्चारमाध्यमले गरेका छन् ।

स्रोतः न्यूयोर्क टाइम्स, सिएनबिसी, सिएनएन, गार्जियन, इन्डियन एक्सप्रेस, नाईजेरियन स्टक र अन्य

 

प्रतिक्रिया