देवी मेचेलाई हदैसम्मको दु:ख ।

इनेप्लिज २०७५ मंसिर २० गते ११:४९ मा प्रकाशित

साधारण दुख नभएको कोही हुँदै हुँदैन । तर हदैसम्मको दु:ख आईपर्यो भने कस्तो हुदो हो ? मन रुन्छ, आशुले आँखा भरिन्छन, गला दुख्छ, निन्द्रा लाग्दैन, आदी । यस्तो अवस्थामा कसैले तिमी नाआत्तिउ, हामी सघाउला भन्यो भने भगवान आए सरह नै हुन्छ । आउनुहोस त्यस्तै एुउटी दुखी महिलालाई सहयोग गरौ ।

झापा धुलाबारी, घोडापट्टिकी गरीब, बिगत बाह्र बर्ष देखी बिजुलिले दाहिने हात चुडिएकी, दुई बच्चाकी आमा र एक महिना अगाडि बच्चा जन्माएकी एक हप्ता मै श्रीमानको मृत्‍युले दुखी भएकी सुत्केरी देवी मेचे छिन । घरको मुलिमान्छे नै नहुनु र साना लालाबाला बच्चाहरु र आँखा नदेख्ने सासुआमालाई पनि स्याहार्नु पर्ने जिम्मेवारी छ । खाने कुरा छैन । जाडोको समय छ । उनको दु:खलाई बाड्न त सकिदैन तर केही सहयोग गरेर जिउन सहज बनाउन सकिन्छ । आउनुहोस धेरै हातहरु मिलेर एउटा हात नभएकि लाई दुखी महिलालाई सहयोग गरौ । उनको यस्तो करुणानीक अवस्था देखेर अमेरिकाबाट पनि २५ हजार रुपैया सहयोग गएको छ । स्थानियहरुले पनि सघाएका छन । तर उनको बासस्थान र बच्चाहरु पढाउन र गरीखाने ब्यबस्था मिलाउन अझै सहयोगको खाचो छ ।

प्रतिक्रिया