नेपाली चलचित्र छिरीङ्ग बाल्टिमोरमा प्रदर्शन हुने
चर्चित नेपाली चलचित्र छिरिङ्ग बाल्टिमोरमा प्रदर्शन हुने भएको छ । गायक तथा नायक यशकुमार निर्देशित चलचित्र ‘छिरिङ्ग’ आगामी डिसेम्बर ९ आइतबारका दिन बाल्टिमोरको नोटिङ्गघाम स्थित होराईजन चलचित्र मन्दिरमा प्रर्दशन हुने भएको छ।
नेपालको उपल्लो मुस्ताङमा छायांकन गरिएको उक्त चलचित्र प्रेम, द्वन्द्व, समर्पणले भरिएको छ । चलचित्रले नेपालमा प्रचलनमा रहि आएको बहुपतिप्रथाको मौलिक कथाबस्तुलाई उठान गरेको छ । चलचित्रमा गायक तथा नायक द्वय निमा रुम्बा तथा यशकुमारको सशक्त भूमीका रहेको छ । साथै अभिनेत्र कामना भुजेल लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय हेर्न सकिनेछ ।
चलचित्र ‘छिरिङ्ग’मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । सुनिल माथेमा प्रधान, यल्वी बी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको यस चलचित्रलाई यश कुमार र याम थापाले लेखेका हुन् ।
टिकटको लागी सम्पर्क: Dilip Shrestha: 443-374-8625, Apar Shrestha?: 443-418-4344, Kul Gurung: 443-847-4557, SRIJAN: 443-675-8889, Ashok Uprety Krish Uprety:443-240-8389
नर्थ क्यारोलाइनामा नेपालीद्वारा ट्याक्स व्यवसाय संचालनमा
ताजा जानकारी : सिकागोमा बन्दुकधारीको गोली बाट ५ जनाको मृत्यु,५ जना प्रहरी घाइते
अमेरिकामा राष्ट्रिय आपतकाल
अमेरिकाबाट आयो नेपाली हास्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’
डीसीमा प्रेम दिवसको अवसरमा गायिका रिता श्रेष्ठको ‘सपनामा भए पनि ” म्युजिक भिडियो सार्वजनिक
प्रतिक्रिया