आइतबार, पुष १ २०७५
काठमाडौं १०:३०
वासिङटन डिसी 23:45

भर्जिनियामा तमु ल्होछार भब्य रुपमा मनाइदै

इनेप्लिज २०७५ मंसिर २० गते १:०७ मा प्रकाशित

ग्रेटर वाशिंगटन तमु समाजले तमु ल्होछार(पौष १५)लाई हर्ष र उल्लासमय ढंगले भब्य रुपमा मनाउने तयारी गरिएको जानकारी मूल आयोजक समितिका संयोजक नन्द कुमार गुरुङले दिनु भएको छ ।

हरेक बर्ष पौष १५ का दिनलाई तमु(गुरुङ)हरुले वर्ग फेरिने दिनको रुपमा ल्होछार मनाउदै आएका छन् । यस बर्ष फो-ल्हो (मृग वर्ग ) को आगमन हुदै गरेको र ल्होछार पर्व भव्यताका साथ मनाउन नेपाली खानाका परिकारका साथमा विविध सांस्कृतिक कार्यक्रम गरिने रहेको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को प्रमुख आतिथ्य रहने छ । र चर्चित गायिका अन्जना गुरुङ ,नायिका मिरा गुरुङ लगायत कलाकरहरुको प्रस्तुत रहने छ । कार्यक्रम हर्नडन कम्युनिटी सेन्टर (सामुदायिक केन्द्र ) मा डिसेम्बर ३० तारिख का दिन साँझ ६ बजे देखि सुरु हुने छ ।

प्रतिक्रिया