ग्लोबल फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ को भव्य तयारी,अत्यधिक कलाकारहरुको सहभागिता हुने
अमेरिकाको नर्थ क्यारोलाइनामा हुने ग्लोबल फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ को भव्य तयारीमा आयोजक जुटेका छन् । अमेरिकामा यसरी एकै पटक चलचित्र ,संगीत ,संचार तथा सामाजिक क्षेत्रमा योगदान गर्नेहरुका लागी सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको सम्भवत यो प्रथम तथा ऐतिहासिक कार्यक्रम हुने भएको छ ।
आगामी डिसेम्बर २२ शनिबारका दिन नर्थ क्यारोलाइना शार्ल्ट्स शहरमा ग्लोबल फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ हुने छ । अमेरिकामा छरिएर रहेका नेपाली कलाकारहरुलाई एकबद्ध गर्न ,सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्य सहित आयोजना हुन लागेको ग्लोबल फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ मा सहभागी हुन कलाकारहरुले सहभागी हुने संकेत देखाएपछि उक्त कार्यक्रम ऐतिहासिक हुने सम्भावना देखिएको हो ।
आयोजक संस्था लभ एण्ड सपोर्ट फाउन्डेशनका अध्यक्ष मनोज राई, कार्यक्रम संयोज शिव बिष्ट तथा अवधारणा निर्देशक शंकर घिमिरेका अनुसार यो कार्यक्रममा सहभागी हुन अमेरिकामा मात्र नभई क्यानडामा बसोबास गर्ने केही कलाकारहरु, भारत तथा भूटानमा रहेका नेपाली मूलका कलाकार ,नेपालका प्रसिद्ध कलाकारहरु तथा संचारकर्मीहरुको उपस्थिती हुनेछ ।
पछिल्लो जानकारी अनुसार कार्यक्रमलाई नायिका ऋचा घिमिरे र कलाकार सरोज केसीले सञ्चालन गर्ने भएका छन । यसै गरि गणेश उप्रेती, निरज बराल, बिक्रान्त बस्नेत, मुकेश ढकाल, बाबु बोगटी ,मुकेश आचार्य, सुधाँशु जोशी, किरण प्रताप केसी, दीपक त्रिपाठी, क्यानेडाबाट पुस्कर भट्ट र निर्देशक ईश्वर थापा सहित चर्चित नायिकाहरु सारंगा श्रेष्ठ, पूजा चन्द, उषा पौडेल, रञ्जना शर्मा सहित नृत्यङ्गना पार्वति राई समेतको आगमन निश्चित भएको छ ।
यसैगरी हास्य कलाकार तर्फ रतन सुवेदी र गायक गायिका तर्फ प्रेमराजा महत, यम बराल, भगवान भण्डारी, कन्हैया सिंह, बिरही कार्की, पासाङ शेर्पा, एन्जल्स ब्याण्डका राजु लामा, लक्ष्मण पौडेल, निशा सुनार, सपना श्री र अञ्जना गुरुङ सम्मले सहभागीता संगै प्रस्तुती दिनेछन् ।
हाल सम्म अमेरिकामा आयोजित कार्यक्रमहरु भन्दा केही पृथक र ठूलो सोचका साथ हुन लागेको यस कार्यक्रममा निर्देशक नारायण पुरी, महेन्द्र बुढाथोकी, दिनेश कार्की, बाबुराम ढकाल ,सुमन दाहाल तथा कृष्ण राज काफ्ले सहित गीतकारहरु रोशन पाल्पाली र भूपेन्द्र न्यौपाने लगायत कलाकार समेत रहेका चर्चित समाजसेवी ध्रुव वन्त, अनु वन्त श्रेष्ठ, राजा घले, मोहन थापा र आमिर भाई सम्मले आफ्नो उपस्थिती देखाउँने निश्चत भएको छ ।
यसै गरि कलाकारहरुमा प्रदिप घिमिरे ,मनोज ढकाल ,प्रकाश घिमिरे ,किरण बिश्व ,गोपी दाहाल ,आरबि खड्का ,बिनोद गुरुङ सन्तोष रामधाम लगायतको कलाकारको सहभागिता संगै उनीहरुको प्रस्तुति हुनेछ ।
यसैगरी नेपालबाट केही चर्चित कलाकारहरुको सूची तयार भईरहेको अवधारणा निर्देशक शंकर घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार पत्रकार तर्फ नेपालबाट न्यूज फिल्मीकर्मी अनुप भट्टराईलाई उत्कृष्ट चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने उद्देश्य सहित निमन्त्रणा गरिएको छ भने अहिलेको अवस्थामा प्रसिद्ध कहलिएका केही कलाकारहरुको नामावली केही दिनमै सार्वजनिक गरिनेछ ।
करिब २ करोड नेपाली बजेटमा हुन लागेको यो कार्यक्रममा फिल्म, म्यूजिक, मिडिया र सोसल विधामामा ख्याति कमाएका चार व्यक्तित्वलाई जीवनकाल उपलब्धि (लाईफ टाईम अचिभमेन्ट)पुरस्कारबाट सम्मानित पनि गरिदैछ ।
यो कार्यक्रम नर्थ क्यारोलोना स्थित AVE (Project 658 auditorium) Charlotte मा हुँनेछ ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया