फिनल्याण्डमा खनालको कविता वाचन

इनेप्लिज २०७५ मंसिर १९ गते २३:३७ मा प्रकाशित

कुपिओ (फिनल्याण्ड): गीतकार तथा कवि पुष्पा खनालले फिनल्याण्डको कुपिओमा अङ्ग्रेजीमा गीत र कविता सुनाइन् । उनको एकल गीत तथा कविता वाचन कार्यक्रममा स्रष्टा खनालले मैले पुज्ने देव तिमी, चाहेर तिमीलाई पाउन सकिन, दाग कति राम्रो, आउँदा जाँदा बाटो परे जस्ता उनका गीत र आमा, गुलाव र म, नारी, हे विष आफूले आफैँलाई पिएर हेरलगायत दर्जन गीत र कविता बाचन गरेकी थिइन् ।

खनाल नेपालकी उदयमान गीतकार तथा कवि हुन । अञ्जु पन्तले गाएको उनको गीत सुने तिम्रो खुशी सन् २०१७ मा पिआरविटीतर्फ सर्वाधिक रोयल्टी पाउने गीत भएको थियो । खनालको गीत तथा कवितामा ममता, स्नेह साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ ।

उन्को गीत तथा कवितामा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपाललाई बुझ्न निकै सहयोग गरेको बताएका थिए ।

कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो । उन्को कविता सुन्न करिव नेपाली र फिनिस गरी करीव ४० नागरिक भेला भएका थिए ।

प्रतिक्रिया