जिब्रोले निधार छुने उर्लाबारीका यज्ञले विश्व रेकर्डबारे गरे यस्तो खुलाशा

इनेप्लिज २०७५ मंसिर १९ गते १४:३८ मा प्रकाशित

काठमाडौं : मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् ।

केही महिनायता युट्यूवमा उनको भिडियो चर्चामा थियो । उनै कटुवालको बारेमा ‘डेली मेल डटकम’ले लामो समाचार बनाएको छ । जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् उनी । तर यस्तो क्षमताको अभ्यास गर्दा उनलाई देख्ने स्कुले बालबालिका डरले भाग्छन् रे ।

कटवाल चिउँडोले नाक छोप्दा बालबालिकाहरु डरले पिसाव नै फेर्ने दावी गर्छन् । साथै बयष्कलाई समेत आफ्नो क्षमताबाट तर्साउनसक्ने बताउँछन् कटवाल । एउटा मात्रै दाँत भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताउँछन् ।

त्यसो त उनले केही टेलि सिरियउलमा अभिनय गरिसकेका छन् । अब फिल्ममा अभिनय गर्ने अवसर पाए ‘मेक अप’विना नै दर्शकलाई हँसाउन र तर्साउन सक्ने दावी गर्छन् । यज्ञबहादुरको बारेमा डेली मेलले लामो समाचार बनाएर सम्प्रेषण गरिदिएपछि उनको चर्चा थप बढेको छ ।

प्रतिक्रिया