सिड्नीमा नेपाल आईडल शो को चहलपहल तिब्र टप सिक्स पबन गिरी पनिले पनि स्टेज तताउने

इनेप्लिज २०७५ मंसिर १९ गते १०:४३ मा प्रकाशित

रकडेल, सिड्नी–एपीवान टेलिभिजन नेपाल बाट प्रशारण भइरहेको बहुचर्चित गायन प्रतियोगिता नेपाल आइडल सिजन–२ को अष्ट्रेलिया टुर अन्तंरगतको सिड्नी संस्करणको कार्यक्रम घोषणा भएको छ । नेपाली समुदायको बाक्लो बसोवास रहेको अस्ट्रेलियाको सिड्नी स्थित शार्क होटल, स्पेस नाइट क्लबमा यही आउँदो फेब्रुवरी ८ (माघ २५) २०१९ मा नेपाल आईडल टप फाईव विथ पबन गिरीको लाईव सो हुने भएको छ । प्रतिष्ठाको पहिलो आवाज “मनजित्छ उसले-सुमधुर गाउँछ जसले” सब टाईटल नाम दिईएको उक्त ईभेन्ट नेपाली टच अस्टेलिया ले एक्सपोष्ट एजुकेशन एण्ड भिजा सर्भिसको मुख्य प्रयोजनामा गर्न लागेको हो।

नेपाल आईडल प्रतियोगिताको टप फाइभमा पुग्न सफल सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बराल र अघिल्लो साता टप सिक्सबाट बाहिरिएका दोलखाका पवन गिरिले पनि ‘फ्यान फलोइङ’ र डिमाण्डको आधारमा कार्यक्रममा समावेश गर्न लागिएको आयोजकले जनाएको छ ।
सांझ ८ बजे बाट सुरुहुने जनाईएको उक्तकार्यक्रम रिमा बिश्बकमाले संन्चालन गनें छिन् ।

गत बर्ष जस्तै यस संस्करणको कार्यक्रम पनि भब्य र सब्य रुपमा संञ्चालन र ब्यवस्थापन हुने आयोजकहरुले केही दिन अगाडि सानो कार्यक्रमका बिच फेसबुक लाईभ मार्फत जनाएका छन्।

प्रबासमा छरिएर रहेका नेपालीहरुलाई एकै स्थानमा भेलाभई स्वस्थ मनोरञ्जन लिनुहुन आयोजक दिपेश पुनले सबैमा सार्बजनिक अपिल समेत गनुंभएको छ । साथै प्रायोजन तथा अन्य जानकारीहरुको बिबरण र सुचना संकलनका लागि निम्न नम्बर ०४५१९३३०५१ मा सम्पर्क गर्न सकिने पनि कायंक्रममा जनाईएको छ ।

प्रतिक्रिया