आइतबार, पुष १ २०७५
काठमाडौं ०९:०६
वासिङटन डिसी 22:21

डीसीमा एनओएको नेपाल सम्बत ११३९ समारोह भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७५ मंसिर १८ गते २३:५५ मा प्रकाशित

नेवा:अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले आयोजना गरेको नेपाल सम्बत ११३९ समारोह भब्यताको साथ सम्पन्न भएको छ । गत डिसेम्बर १ का शनिबारका दिन मेरिल्याण्ड राज्य स्थित वेस्टल्याण्ड माध्यमिक बिद्यालयमा बिबिध कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रम प्रारम्भ हुनु अगाडी अतिथिहरुलाई टीका तथा सगुन द्वारा स्वागत गरिएको थियो । बिगत बर्ष झैँ समारोहमा सुकुन्दा र्याली (झाँकी )तथा धिमे नाच सहित प्रस्तुत गरिएको थियो । कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गान नेपाली पाठशाला सेन्टरभिलका बिद्यार्थीहरुले गाएका थिए भने अमेरिकन राष्ट्रिय गान लोचनी तारा शाक्यले गाएकी थिइन् ।

समारोह स्वर्गीय पदम रत्न तुलाधरको सम्झनामा मौन धारण तथा श्रद्धान्जली अर्पण गरिएको थियो । स्व तुलाधरको जीवनी बारेमा बारेमा डा अनिता तुलाधरले चर्चा गरेकी थिइन् । नेपाल सम्बत ११३९ तथा शंखधर साख्वाको बारेमा त्रिभुवन तुलाधरले चर्चा परिचर्चा गरेका थिए ।

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि ) प्रमुख अतिथि रहनु भएको उक्त समारोहमा राजदुतले मन्तब्य तथा शुभकामना दिएका थिए । समारोहको सभापतित्व संस्थाका कार्यबाहक अध्यक्ष पुस्कर प्रजापतिले गरेका थिए भने प्रजापतिले सभापतित्वको संदेश दिएका थिए ।

स्वागत मन्तब्य संस्थाका द्वितीय उपाध्यक्ष सुशील श्रेष्ठ तथा धन्यवाद ज्ञापन महा सचिव महिन्द्र प्रधानले गरेका थिए । समारोहमा सांस्कृतिक कार्यक्रममा प्रसिद्ध कलाकरहरु संजिप प्रधान ,सृजन ताम्राकार ,शिव राज जोशी ,पासा ब्याण्ड तथा स्थानीय अन्य कलाकारहरुको प्रस्तुति रहेको थियो ।

नेपाल सम्बत ११३९ मा सहभागी हुनलाई अग्रिम रुपमा २० डलर तोकिएको थियो भने समारोह कै दिन २५ डलर राखिएको थियो ।साथै आजीवन सदस्यहरु तथा बिद्यार्थीलाई केवल २० डलर राखिएको थियो । १० बर्ष भन्दा मुनिका बालबालिकालाई निशुल्क प्रवेश गरिएको थियो ।

समारोहमा नेवा समुदायको समयबजी तथा भ्वय(सामूहिक रात्री भोजन) सुकुन्दा जुलुस/झाकी ,प्रत्यक्ष संगीत कार्यक्रम ,प्रत्यक्ष धिमे नृत्य ,नेपाल भाषा नाटक लगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

तस्बिर :राजीव श्रेष्ठ

प्रतिक्रिया