रानी शाक्यको नयां गीत “यो वैंशको मात” यूट्यूब मार्फत वर्ल्ड प्रिमीयर गरिएको छ
इनेप्लिज
२०७५ मंसिर १८ गते २२:०४ मा प्रकाशित
न्यूयोर्क, मीठो स्वरकी धनि गायिका रानी शाक्यको नयां गीत “यो वैंशको मात” यूट्यूब मार्फत वर्ल्ड प्रिमीयर गरिएको छ। जसमा ओम कर्माचार्यको रचना तथा संगीत रहेको छ।गीतको म्यूज़िक भिडीयो लरेल, मेरिल्याण्डमा छायांकन गरिएको छ, जसमा लक्ष्मण रिमाल र एतना कार्की ग्ल्यामर अवतारमा प्रस्तुत भएका छन्।
सबै स्रष्टाहरू अहिले अमेरिकाको मेरिल्याण्ड र न्यूयोर्कमा बस्दै आउनु भएको छ।गीतको रिकर्डिगं कार्य देखि म्यूजिक भिडियोको कार्य सम्म सम्पुर्ण काम न्यूयोर्क स्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्शनमा गरिएको छ।म्यूजिक भिडियोमा क्यामरा,एडिटिङ तथा निर्देशन ओम कर्माचार्यले गर्नु भएको छ।सबै स्रष्टाले कुशल प्रस्तुति दिएका छन्।
नर्थ क्यारोलाइनामा नेपालीद्वारा ट्याक्स व्यवसाय संचालनमा
ताजा जानकारी : सिकागोमा बन्दुकधारीको गोली बाट ५ जनाको मृत्यु,५ जना प्रहरी घाइते
अमेरिकामा राष्ट्रिय आपतकाल
अमेरिकाबाट आयो नेपाली हास्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’
डीसीमा प्रेम दिवसको अवसरमा गायिका रिता श्रेष्ठको ‘सपनामा भए पनि ” म्युजिक भिडियो सार्वजनिक
प्रतिक्रिया