फोन गर्न दैनिक अग्लो डाँडामा
जाजरकोट, मङ्सिर १८ गते । छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जानुहुन्छ ।
कार्यालय समयमा उहाँमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा गएर फोन गर्नु दैनिकी बनेको छ । एक घण्टा हिँडेर फोन गर्नु उहाँहरुको रहर नभई बाध्यता हो ।
कार्यालयमा टेलिफोन नलाग्ने भएकाले फोन सम्पर्कका लागि अग्लो डाँडामा जानुपर्ने नगरप्रमुख महतारा बताउनुहुन्छ । बजारमा टेलिफोनले काम गर्दैन डाँडामा पुगेपछि नेटवर्क आउछ अनि फोन सम्पर्कमा आवश्यक कुरा गरेर कार्यालयमा फर्कनु पर्छ उहाँ भन्नुहुन्छ ।
कार्यालयमा नेटवर्क नलाग्ने समस्याले नगरको कामकाज पनि प्रभावित भएको छ । कार्यालयमा बस्दा सबैसँग सम्पर्क गर्न नसकिने भएकाले समय मिलाएर डाँडोमा पुगेर फोनबाट हुने काम फत्ते गर्नुपर्ने नगरप्रमुख महतारा भन्नुहन्छ । टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा बारम्बार परिपत्र र ताकेता गर्दा पनि काम नभएको उहाँको गुनासो छ ।
नेपाल टेलिकमले जाजरकोटको सबै ठाउँमा टेलिफोन सेवा पुगेको जिकिर गरे पनि पश्चिमी क्षेत्रको अधिकांश ठाउँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् । गाउँमा टेलिफोन सुविधा नहँुदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । सञ्चार सुविधाको अभावमा बिरामीको उपचार, आपत्कालीन उद्धार देश विदेशमा रहेका आफन्तसँगको सम्पर्क कठिन भएको शिवालय–१ मोर्क बजारका पूर्णबहादुर महतरा उल्लेख गर्नुहुन्छ । अहिलेको सूचना प्रविधिको युगमा पनि जनता सञ्चार सुविधाबाट वञ्चित हुनु दुःखद् भएको उहाँको भनाइ छ ।
जिल्लाको पश्चिमी क्षेत्रको शिवालय गाउँपालिकाको मोर्क र बालुवाबजार, छेडागाड नगरपालिको खारा, मनाघाट र थलबजार र कुशेगाउँपालिकाको बाटुले बजारलगायत स्थानमा पनि सञ्चार सुविधा छैन । ती ठाउँका बासिन्दालाई एक कल फोनका लागि नगर प्रमुख जस्तै अग्ला डाँडा र जङ्गलका रुखमा चढ्नु पर्ने बाध्यता छ । छिटो छरितो सम्पर्क र सारोगारोमा कामका लागि फोन सम्पर्क नहुँदा हैरानी बेहोर्नुपरेको छेडागाड नगरपालिका–१ का राम शाहीे बताउनुुहन्छ ।
पश्चिमी क्षेत्रका मुख्य बजारका टेलिफोन सुविधा नहुँदा ती ठाउँको व्यापारीका कारोवारसमेत प्रभावित भएको छ । टेलिफोन सेवा विस्तारका लागि वर्षौंदेखि माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । चुनावमा मत माग्न आउने नेतादेखि जितेका जनप्रतिनिधिसँग समस्या राखे पनि समाधान नभएको मनाघाटका प्रेमबहादुर केसी उल्लेख गर्नुहुन्छ । सम्बन्धित ठाउँमा तत्काल खबर आदानप्रदान गर्न नसक्दा समस्या हुँदै आएको स्थानीयवासीको गुनासो छ ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया