हरेक प्रेमीहरुले एक पटक हेर्नैपर्ने भिडियो जानी नजानीमा छचल्कियो बिनोद र श्रृषाको प्रेम
काठमाडौँ । अमेरिकामा बस्दै आएका गायक बिधान कालीकोटेको स्वर रहेको गीत जानी नजानीको भिडियो सार्वजनिक भएको छ । करिब १ दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेले हालैमात्र बजारमा ल्याएको गीतमा गायिका राजेन्द्र गौतमका शब्द शृजना समावेश छन् । तुला पर्वतको संगीत रहेको गीतमा गायिका तथा मोडल शृषा कुँवरको अभिनय रहेको छ । भिडियोमा श्रृषालाई नायक तथा मोडल बिनोद न्यौपानेले अभिनयमा साथ दिएका छन् । हल्का हल्का उदाउँछ जुन वारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा काम गरेकी मोडल तथा गायिका शृषाले फिल्ममा अभिनय गर्न थालीरहेका बेला उनको कामको चौतर्फी तारिफ सुरु भएको छ ।
मोडलीङ र गायनको यात्रालाई सँगसँगै लेजान सफल शृषा अहिले आएर चलचित्रमा पनि अभिनय गर्दैछिन् । हाल पोखरामा छायांकन भइरहेको फिल्ममा शृषाले दयाहागं राई लगायतका चर्चित कलाकारहरुसँग पनि अभिनय गरिरहेकी छन् । उनै शृषाले अभिनय गरेको त्यो पारी पाखामा बोलको गीत सार्वजनिक भएसँगै यसले राम्रो चर्चा पाइरहेको छ । संगीतकार तुला स्वयमको निर्देशन रहेको भिडियोमा निसान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायांकन तथा बिक्रम गौतमको शृगार रहेको छ । भिडियोलाई वाइडस्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो भने भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया