शुक्रबार, माघ ७ २०७८
काठमाडौं २०:११
वासिङटन डिसी 09:26

पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि

इनेप्लिज २०७५ मंसिर १७ गते १२:५८ मा प्रकाशित

काठमाडौँ, मङ्सिर १७ गते । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो ।

एक महीनाको अवधिमा सम्बन्धित खेल सङ्घले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ । प्रतियोगितामा एक हजार एकसय खेलाडीको सहभागिता रहने सदस्य–सचिव शर्माले जानकारी दिनुभयो । करीब रु ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । रासस

प्रतिक्रिया