अनेसास पुरस्कार समिति अध्यक्षमा प्रा.डा गोपी उप्रेतीको उम्मेदवारी

इनेप्लिज २०७५ मंसिर १७ गते ०:४३ मा प्रकाशित

अनेसास पुरस्कार समिति अध्यक्षमा मेरो उम्मेदवारी :

आदरणीय बोर्ड अफ ट्रस्टी सदस्य साथीहरू,

आगामी अनेसास बोर्ड अफ ट्रस्टीज् कार्यसमितिको निर्वाचनमा पुरस्कार समितिको अध्यक्षका रुपमा जिम्मेवारी लिनका लागि मलाई धेरै सदस्य साथीहरूले प्रस्ताव गर्नुभएको छ । हामीलाई थाहै छ, पुरस्कार समितिले उपयुक्त ढंगले कार्यसम्पादन गर्ने अभिभारा लिएको अवस्थामा यस समितिसित महत्वपूर्ण जिम्मेवारीसहितको संवेदनशील भूमिका रहेको हुन्छ ।

यस समितिले अनेसासको लक्ष र दृष्टिकोण पूरा गर्ने हेतुले उत्कृष्ट पुस्तक पुरस्कारका लागि उपयुक्त पुस्तक चयन गर्ने र पुरस्कारलाई व्यवस्थित, मर्यादित एवं सम्मानित रुपमा स्थापित गर्नका लागि सही र स्वतन्त्र जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । यस क्रममा यसका आदर्श, प्रयोग र यसको उद्देश्य पूरा गर्न कहिलेकहीँ समितिले अनपेक्षित व्यवधान र आलोचनाहरूको सामना पनि गर्नुपर्ने हुन्छ । अर्कोतर्फ नेपाली भाषा, साहित्य र संस्कृतिलाई डायस्पोरिक धरातलमा अझै विस्तार गर्न पनि यसले आइपर्ने अरु व्यवधानको सामना गर्नुपर्ने हुन्छ ।

विगतमा पुरस्कार समितिले पूरा गरेका कार्यहरूबारे हामी सबै जानकार छौँ । हालसम्म आइपुग्दा समितिले निकै सह्राहनीय काम गरेको छ । तर, हामीले विगतमा के र कसरी कार्यसम्पादन ग¥यौँ भन्ने कुरालाई भविष्यमा अझै सुधार र परिष्कार गर्नका लागि कतै खाली ठाउँ रहेको हुन्छ । कार्यसम्पादनका व्रmममा कतै कमीकमजोरी, सुधारका सम्भावना र यसका लागि नयाँ अवसरहरू बाँकी हुन्छन् । अनि हामी अलिक संवेदनशील भयौँ भने विगतका तिनै गल्ती र कमीकमजोरीलाई सुधार गर्ने अनि परिष्कार गर्ने नयाँ अवसरहरू भेटाउन सफल हुन सक्छौँ । यसैबाट नै संस्थाको नयाँ तहको विकासको बाटो कोरिन्छ र यसले संस्थालाई अरु पूँजीकृत गरिदिन सक्छ । यो नै सबै व्यक्ति र संस्थाको तहगत विकासको प्रक्रिया हो जुन विश्वव्यापी रुपमा लागू हुन जान्छ । यसका लागि हामीले सधैँ कुनै पनि विषयमा उठेका विचार र धारणाका विविधतालाई स्वागत गर्नुपर्ने हुन्छ । किनभने, यसै विविधताबाट नै नवसिर्जना र उच्च तहको सुदृढीकरण सम्भव हुन्छ । यही प्रक्रियाले व्यक्ति वा संस्थालाई उच्च तहको विकासको मार्गमा लैजान्छ ।

यसो हुँदा हामीले वर्तमान पुरस्कार समितिको कार्यान्वयन पक्षको उत्तरदायित्वसम्बन्धी वर्तमान कार्यावस्थालाई भविष्यको विकासका लागि चाहेको खालको परिवर्तन ल्याउन उपयुक्त कार्यनमुनाको चयन गर्नुपर्ने हुन्छ । यदि तपाईँहरूले मलाई यस समितिमा रहेर कार्य गर्ने अवसर दिनुभयो भने मैले देहायका कार्यनमुनालाई मेरो कार्यकालमा लागू गरी अनेसास उत्कृष्ट पुस्तक पुरस्कारलाई व्यवस्थित, मर्यादित एवं सम्मानित बनाउनेछु भनी यहाँहरूलाई विश्वस्त बनाउन चाहन्छुः

१. पुरस्कार समितिका विगतका क्रियाकलापहरूको पुनरावलोकन गर्नेछु, यसका कार्यसम्पादन र पुरस्कारका अवस्थाबारे अध्ययन गरिनेछ ।
२. यसका कमजोरीहरू केलाउनेछु, यसका सम्भावनाहरू र नयाँ अवसरहरू फेला पारी यसको पुनव्र्यवस्थापन तथा गतिशीलताको निर्माण गरिनेछ ।
३. यहाँहरूका धारणा, समालोचकीय विचारहरू तथा सिर्जनात्मक आलोचनाहरूको संकलन गरी पुरस्कार समितिकाको कार्यसम्पादन र लक्ष्यलाई सुधार र शुद्धीकरण गरिनेछ ।
४. पुरस्कारका लागि आवश्यक क्रियाकलापको मूल्याङ्कन, पुनरावलोकन गर्न आवश्यक पर्ने वस्तुगत रुपमा विश्वसनीय र उपयुक्त भएका मापदण्डहरू र स्तरीकरणका आधारहरूलाई प्रयोग गरिनेछ ।
५. पुरस्कार समितिको कार्यसम्पादनलाई नैतिक स्तरबाट उपयुक्त ढङ्गको कार्यसम्पादन गर्दै यसको पारदर्शिताको सुनिश्चित बनाइनेछ ।
६. अनेसास र बिओटीको लक्ष र दृष्टिकोणलाई आत्मसात गर्ने गरी नयाँ पुरस्कारहरूको स्थापना र भइरहेका पुरस्कारहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
७. एक पटकको कार्यसम्पादनपछि संस्थामा आर्थिक समस्या प्राप्त हुने हालको अवस्थालाई सुधार गर्नका लागि पुरस्कार समितिका गतिविधिहरूलाई संस्थागत र स्थायी बनाउन कोषवृद्धि गरिनेछ ।
८. पुरस्कार समितिले पूरा गर्नुपर्ने माथिका गतिविधिहरूलाई लागू गर्न र पुरस्कार समितिका स्वतन्त्र कार्यसम्पादनलाई सहज बनाउन अनेसास र बिओटीको विधानमा आवश्यक व्यवस्थाको सुनिश्चित गरिनेछ ।

प्रिय साथीहरू, माथि मैले उल्लेख गरेका बुँदाहरू मेरो नेतृत्वमा पुरस्कार समितिले आगामी कार्यकालमा गर्ने कार्यहरूका केही नमुनामात्र हुन् । यसकाअतिरिक्ति अरु धेरै कार्यहरू हामीले गर्नुपर्ने हुन्छ र त्यसको लामो सूची बन्न सक्छ । कार्यसम्पादका क्रममा अवलम्बन गर्नुपर्ने कुराहरूलाई यहाँ सूचीकृत गरिरहनुको खासै आवश्यकता हुन्छ भन्ने म ठान्दिनँ । धेरै कुरा भन्नु र तिनबाट निकै कार्य व्यवहारमा पूरा गर्नुको कुनै अर्थ रहन्छ भन्ने म ठान्दिनँ । थोरै बोलौँ अनि धेरै गरौँ भन्ने मेरो मान्यता हो । यसमा यहाँहरूको साथ, सहयोग र सुझावको त्यतिकै अपरिहार्यता रहन्छ । आजका दिनमा अपनाइने थोरै बोल र धेरै गर भन्ने दर्शनमा म विश्वास गर्दछु, जुन दर्शनको माग आजको दुनियाँमा उच्च छ ।

म यहाँहरूको सुझाव, सहयोग र प्रोत्साहनको सदैव अपेक्षा गर्दछु । यहाँहरूको सहयोगका लागि यहाँहरूलाई मेरो तर्फबाट अग्रिम आभार ।

पूर्ण आभारसहित,
प्रा. गोपी उप्रेती
फेयसफ्याक्स, भर्जिनिया
इमेल : [email protected]
फोनः 316-305-0647

प्रतिक्रिया