बबी फिल्म टिम युकेको तर्फा बाट सहारा फुटबल क्लब पोखरालाई पचास हजार सहयोग

इनेप्लिज २०७५ मंसिर १६ गते २३:२६ मा प्रकाशित

सत्य कथामा आधारित चलचित्र बबी नेपालमा दर्शकहरुले अध्याधिक मन पराएको थियो यस चलचित्रमा वास्तबमा दुइ जोडीले अन्तरजातीय बिबाह गरेको घटनालाई समेटेको छ । ति जोडी थिए उमेश थापा र कविता गुरुङ उनीहरु आफनै जिन्दगीमा घटेको सत्य घटनालाई आफै नायक नायिक को रुपमा प्रस्तुत भएका छन् ।

यस बबी चलचित्र नेपाल अनि विदेशमा पनि अति मन पराएको हुदा बेलायतमा पनि बबी समूह युके ले गत २३ सेप्टेम्बरबाट बेलायतको विभिन्न शहरहरुमा प्रदर्शन गरेका थिए । यसरी प्रदर्शन गरि मुनाफा भएको रकम बबी समूह युकेले सहारा क्लब पोखरालाइ सहयोग गर्ने निधो गरेका थिए।

गत १ डिसेम्बर २०१८ को साँझ सहारा युकेको दशौ च्यारिटी रात्री भोज को भब्य समारोहमा बबी समूह युकेको तर्फा बाट क्रिस गुरुङ , सबिन्द्र कुमार गुरुङ, सुर्य गुरुङ र शारदा गुरुङ ले सहारा युकेको अध्यक्ष्य मिन बहादुर गुरुङ (साइँला) लाई बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवदी, अल्डरसट क्षेत्रका सांसद लिओ डोचेर्टी र सम्पूर्ण अथिति हरुको माझ पचास हजारहको चेक हस्तान्तरण गरेको थियो साथै सहारा युकेको तर्फा बाट बबी समूह युकेलाई नेपाली राजदूत डा दुर्गा बहादुर सुवदीको बाहुली बाट सम्मन स्वरूप खादा र प्रसंशा पत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया