सोमबार, साउन ३० २०७९
काठमाडौं १५:५२
वासिङटन डिसी 06:07

स्वरसम्राट नारायण गोपालको २७औं स्‍मृति दिवसको अवसरमा सांगीतिक साँझको अन्तिम तयारी

इनेप्लिज २०७५ मंसिर १६ गते २२:४२ मा प्रकाशित

 

नर्थ कियारोलिना, अमेरिका,

अमेरिकामा नेपालीहरुको साझा संस्थाको रुपमा परिचित नासा संस्थाले आउदो बुधबार डिसेम्बर ५ तारिखका दिन स्वरसम्राट नारायण गोपालको २७औं स्‍मृति दिवसको अवसरमा सांगीतिक साँझको अन्तिम तयारी भव्य रुपमा भैरहेको जानकारी उक्त संस्थाको सांस्कृतिक कमिटि प्रमुख बिशाल भारतीले बताए।

दर्जनौं कालजयी गीतहरु गाएर करोडौं नेपालीहरुको मन मुटुमा बस्न सफल, नेपाली सांगीतिक आकाशका कहिले नअस्ताउने ताराको रुपमा परिचित स्वर सम्राटका गीतहरु आज पनि जनमानसमा उत्तिकै कर्णप्रिय छन। स्वर सम्राटको सम्झनामा संस्थाले यस्तो सांगीतिक साँझ गरेर उहाँको गितहरु गाउनुको साथ साथै नेपालमा अनाथलयमा रहेका बालबालिकाहलाई न्यानॊ लुगा प्रदान गर्ने सहयोगार्थ कार्यक्रम गर्न पाउँदा संस्थाको लागि अत्यन्तै गौरवको क्षण रहने नासा अध्यछ्य माधब ढकालले बताउनु भयो।

नेपालकै चर्चित अनलाइन मिडियाहरुबाट एकैपटक लाइभ प्रसारण रहने उक्त कार्यक्रममा स्वर सम्राटका आधा दर्जन लोकप्रिय गीतहरुलाई गायकदय नगेन्द्र सोताङ, डा. दिवस कोइराला, सनथ सिटौलाले गाउने कार्यक्रम रहेको आयोजकले बताउनु भयो।बिशाल भारतीको प्रस्तुती रहने यस सांगितिक साँझको कार्यक्रमवाट संकलित सम्पूर्ण रकम काभ्रे जिल्लाको अत्यन्तै बिकट गाउँ चौरी देउराली गाउपालिका वार्ड न.९ अवस्थित सुर्योदय प्राथमिक बिद्यालयका बालबालिकाहरुलाई न्यानो भर्नको निमित्त सुइटर र टोपि प्रदान गरिने संयोजक दिपक रानाभाटले बताउनु भयो।

यस अघि पनि सांस्कृतिक कमिटिकै पहलमा यस्तै लाइभ फन्डरैजिंग र अन्य बिभिन्न कार्यक्रमहरु गरेर कलाकार दीपक छेत्रीको उपाचारको लागि रु२ लाख, पपसम्राट गायक ओमबिक्रम बिष्टलाई उपाचारको लागि रु २ लाख ३० हजार, नेपालमा बाढी पीडितहरुको सहयोगको लागि १०१३ परिवारलाई रु१० लाख बराबरको राहत, भजन शिरोमणी भक्तराज आचार्य संगीत प्रतिस्ठान सहयोगार्थको लागि करिब २ लाख प्रदान गरेको र देशका शीतलहर प्रभाबित पाँच जिल्लाका ६३० घरपरिवारलाई रु५ लाख बराबरको न्यानो कम्बल वितरण गरेको थियो र अमेरिकामा भर्खरै गठन भएको आमा समुहको बिभिन्न कार्यक्रम गरी उठेको करिब एक लाख रुपैया बराबरको लत्ताकपडा चितवन देबघाटको बृद्धश्रम बसोबास गरी रहनुभएका बृद्ध बाआमालाई यसै महिना प्रदान गर्ने प्रकृयामा रहेको कमिटि प्रमुख बिशाल भारतीले बताए ।

प्रतिक्रिया