वर्षा र आशिषले खेलेको भिडियो पिरिम नलाउने करोड क्लबमा

इनेप्लिज २०७५ मंसिर १६ गते १५:५७ मा प्रकाशित

काठमाडौँ । बहुचर्चित गीत पिरिम नलाउनेको भिडियो एक करोड बढी दर्शकले हेरेका छन् । चर्चित संगीतकार दीपक शर्माको शब्द संगीत रहेको लोक लयमा आधारित यो गीतले ५१ दिनमा १ करोड बढी दर्शक पाएको हो । पिरिम नलाउनले युट्युबमा १ करोड बढी दर्शकको साथ पाएसँगै यसका गायक तथा मोडल आशिष सचिनले खुशीयाली मनाउँदै केक काटेका छन् । राजधानीमा एक कार्यक्रमका बिच मनाइएको विशेष उत्सबमा पिररिम नलाउनेको टिमका साथै चर्चित कलाकारहरु तथा संगीत पारखीहरुको उपस्थिती रहेको थियो ।

युट्युबमा मात्रै नभएर टिक टक, म्यूजिकल्ली र बाहिरि बजारमा पनि खुबै रुचाइएको यो गीतमा चर्चित नायिका वर्षा राउत र गायक आशिषको अभिनय रहेको छ । निकै रुचाइएको यो पिरिम नलाउनेको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । शनिबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा उक्त टिमले पिरिम नलाउने २ को पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया