मंगलबार, असोज ५ २०७८
काठमाडौं ०५:१६
वासिङटन डिसी 19:31

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७५ मंसिर १६ गते ११:५७ मा प्रकाशित

दमौली, मङ्सिर १६ गते । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नंको ट्याक्टर सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया