मंगलबार, असोज १२ २०७८
काठमाडौं ०७:४९
वासिङटन डिसी 22:04

अलबिदा रिचा

विजय थापा २०७५ मंसिर १५ गते २२:५५ मा प्रकाशित

समुदाय पुष्प गुच्छा अर्पण गर्दै

काठमाडौँमा जन्मिएकी ३२ बर्षिय स्व रिचा प्रधानको डिसेम्बर १ शनिबार शोकविह्वल आफन्त ,परिवार ,शुभेच्छुक, शुभचिन्तकका साथै सयौ समुदाय सदस्यहरु बीच उनको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ । उनलाई हिन्दु धर्म अनुसार दाह संस्कार गरिएको छ ।

स्व रिचा प्रधान

दोहोरो बिषयमा बेलायतबाट स्नातकोत्तर गरेकी स्व रिचा प्रधान मातापिताकि एक मात्र सुपूत्री सन्तानको रुपमा रहेकी थिइन् । उनको अन्तिम संस्कार डीसी महानगर क्षेत्रको भर्जिनियाको हर्नडन शहरको एडम्स ग्रिन फ्युनेरल होम एण्ड क्रिमेटोरीमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार डिसेम्बर शनिबार ११:३० बजे बाट प्रारम्भ गरिएको थियो ।

पिता गोबिन्द प्रधान संग

मातापिता कि प्यारी छोरी सधैको लागिचिर निन्द्रामा गएकी छिन् भने अब रिचा सम्झनामा मात्र बाँकी रहने छिन् । ३२ बर्षको उमेरमा भगवानकि प्यारी भएकी स्व रिचाको अन्तिम संस्कारमा आफन्त ,परिवार ,समुदाय ,शुभेच्छुक, शुभचिन्तकका गहभरी आँशु ,भाबुक हुदै मुटुमा शोकको भक्कानो लिएर आ-आफ्ना गन्तब्य तिर लागेका छन् ।

आमा कल्पना प्रधान संग

स्व रिचाकि हजुरआमा नेपाल बाट तथा मामा माइजु टेक्सस बाट आउनु भएको छ । मार्च ३ ,१९८६ मा काठमाडौँमा जन्मिएकी स्व रिचा प्रधानको निधन गत नोभेम्बर २७,२०१८ तारिखका दिन डिसी महानगर क्षेत्रमा भएको थियो ।

उनका पिता वरिष्ठ अभियन्ता (इन्जिनियर)गोबिन्द प्रधान तथा आमा कल्पना प्रधान भर्जिनियाको स्टरलिङ्ग शहरमा बसोबास गर्नु हुन्छ । स्व रिचा प्रधान का पिता अमेरिकाको डीसी महानगर क्षेत्रमा २७ बर्ष अगाडी नेवा समुदायको भाषा ,कला तथा संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्न स्थापित सक्रिय संस्था नेपा: पासा पुच: अमेरिकाय् का आजीवन सदस्य हुनु हुन्छ ।

मातापिता भाबुक अवस्था तथा समुदाय पुष्प गुच्छा अर्पण गर्दै

ईनेप्लिज परिवार हार्दिक समबेदना प्रकट गर्दछ  ।

प्रतिक्रिया