सोमबार, साउन २३ २०७९
काठमाडौं ०५:०३
वासिङटन डिसी 19:18

अधिकार -अस्थाई सुरक्षित दर्जा(टिपीएस)उपयोगकर्ताका लागि स्थाई बसोबासको पक्षमा वकालत गर्दै ट्रम्प प्रशासन बिरुद्ध मुद्धा लड्ने तयारी

विजय थापा २०७५ मंसिर १५ गते २०:५९ मा प्रकाशित

न्यूयोर्कको अधिकार सँस्थाले अस्थाई सुरक्षित दर्जा(टिपीएस)उपयोगकर्ताका लागि स्थाई बसोबासको पक्षमा वकालत गर्दै ट्रम्प प्रशासन बिरुद्ध लड्ने पूर्ण मानसिकता बनाई मुद्धा हाल्ने तयारी अवस्थामा पुगेको जनाएको छ । डिसेम्बर १ का दिन न्यू योर्कको अधिकार सँस्था संगको सहकार्यमा डिसी क्षेत्रकि अधिवक्ता बन्दिता शर्मा दाहाल द्वारा बिशेष महत्वपूर्ण टिपीएस(अस्थाई सुरक्षित दर्जा) कार्यक्रममा उक्त जानकारी अधिकारले जनाएको छ ।

अब को ३ हप्ता भित्र अधिकारले क्यालिफोर्नियाको अदालतमा टिपीएस सम्बन्धि काम गरि रहेका अन्य वकालत गर्ने संस्थाहरु संग मिलेर मुद्धा हाल्ने तयारीमा रहेको छ । सन् २०१५ देखि नै टिपीएस(अस्थाई सुरक्षित दर्जा)सम्बन्धि निरन्तर रुपमा काम गर्दै आएको अधिकार सँस्था कि कार्यकारी निर्देशक पवित्रा बेन्जामिनले उक्त कुरा स्पष्ट पारिन ।

पवित्राले अगाडी भनिन अधिकार यो सुबिधा प्राप्त कर्ताको सुरक्षा मात्र गर्न गर्ने नभई स्थाई रुपमा उनीहरु यहाँ बस्न पाउन भन्ने हाम्रो चाहना रहेकोले त्यसै अनुसार अधिकार लागि परेको जनाइन । उनले अगाडी भनिन जव सम्म हामि आवाज उठाउदैनौ तब सम्म जनताका प्रतिनिधि सिनेट या प्रतिनिधि सभाले कुनै वास्ता नगर्ने बताइन ।

यसै गरि अधिवक्ता बन्दिता शर्मा दाहालले यो सुबिधा उपभोगकर्ताले संघीय सरकारलाई कर तिरेको हुन्छ भन्दै हामीहरु यो सुबिधा लिनेको निम्ति निरन्तर संघर्ष गरि रहेको र आवाज पनि उठाई रहेको भन्दै सबै एक जुट हुनु पर्ने बताइन । एकता भएमा सबै कुराहरु हाम्रै लागि हुने बताइन ।

यसै गरि वक्ताको रुपमा आमन्त्रित गरिएकी क्याथोलिक लिगल इमिग्रेसन नेटवर्ककि नीति तथा पहुचकि वकालत अधिवक्ता लिसा पारिसियोले नेपालको पक्षमा अस्थाई सुरक्षा निर्णय सम्बन्धि गरिएको निर्णय राजनैतिक निर्णय हो भनिन । उनले टिपीएस सम्बन्धि ईतिहास बताउदै जव यो सुबिधा प्रारम्भमा लागु भएको समयमा अवधि तोकिदैन थियो भनिन । उनले ट्रम्प प्रशासनले आक्रमण गरेको बताईन ।

अधिकारकि विकास तथा अनुसन्धान संयोजक आकृति खनालले प्रारम्भमा अधिकार संस्थाको परिचय दिएकी थिइन् । साथै उनले वक्ताहरुको संक्षेपमा परिचय समेत गराएकी थिइन् । पवित्रा बेन्जामिनले नेपालको टिपीएस को ईतिहास र वर्तमान अवस्था बारेमा जानकारी गराएकी थिइन् भने अधिवक्ता बन्दिता शर्मा दाहालले कानुनि कुराहरुमा बोलेकी थिइन् ।

कार्यक्रममा जिज्ञाशा पनि राखिएको थियो भने कार्यक्रम संचालन आकृति खनालले गरेकी थिइन् । बिशेष गरि यस भेकमा थुप्रै टिपीएस सुबिधा प्राप्त गर्नेहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई अझ निरन्तरता दिने उद्धेश्यले आगामी जनवरी १२ या १९ का दिन डिसी महानगर क्षेत्रमा कार्यक्रम गर्ने तय भएको छ ।

साथै आगामी फेब्रुअरी १२- १३ मा हुने अस्थाई सुरक्षित दर्जा सम्बन्धि सिनेट ,प्रतिनिधि सभा तथा व्हाइट हाउसलाई दवाव तथा आफ्ना कुराहरु राख्ने उद्धेश्यले नेसनल टिपीएस गठबन्धनको सहकार्यमा डिसीमा बृहत भेला हुने भएकोले उक्त भेलामा सहभागी हुन् आग्रह गरिएको छ । यस सम्बन्धि कुनै पनि थप जानकारी चाहिएमा अधिकार संग सम्पर्क गर्न आकृति खनालले बताइन ।

स्मरण रहोस आगामी जुन २४ ,२०१९ देखि अस्थाई सुरक्षित दर्जा(टीपीएस)को अवधि समाप्त हुदैछ ।

प्रतिक्रिया