बिहीबार, साउन २६ २०७९
काठमाडौं ०७:५६
वासिङटन डिसी 22:11

एएनएसको आय-व्यय सार्वजनिक

एएनएसको आय-व्यय सार्वजनिक ईनेप्लिज संवाददाता, भर्जिनिया २०७५ मंसिर १५ गते १४:१२ मा प्रकाशित

अमेरिका नेपाल सोसाइटी (एएनएस)ले दशै तिहार, नेपाल सम्वत, छैट उत्सव-२०१८ मनाउन समुदायसंग संकलित सहयोग रकमको आय-व्यय सार्वजनिक गरेको छ।

एएनएसका तर्फबाट अध्यक्ष प्रभा भट्टराई देउजाद्वारा जारी आय- व्यय विवरण अनुसार कूल आय ५,५७८ डलर रहेको छ भने व्यय ३,४६०.५७ र खर्च भएर बचत नगद २,३१७.४३ डलर रहेको छ। बचत नगदलाई यसै समुदायको हितमा कार्यक्रम संचालन गरिने प्रतिवद्दता एएनएसले जनाएको छ।एएनएसको यस कार्यक्रमलाई आर्थिक सहयोग र भोलेन्टियर सेवा प्रदान गर्नु हुने समुदायका सवै महानुभावहरूलाई महॉ-सचिव सुदिप पोखरेलले धन्यवाद दिएका छन।

कार्यक्रमकालागी कोष संकलन गर्न समुदायका सुनिलमणि दाहाल, मन थापा, खगेन्द्र थापा , मुकुन्द कोईराला र सन्देश पौडेललाई भोलेन्टियरका रूपमा ज़िम्मेवारी दिईएको थियो। कोष संकलन कमिटिले समुदायलाई सम्वोधन गर्दै भनेको छ- हामीलाई दिईए बमोजिम हाम्रो टिमले आफ्नो ज़िम्मेवारी सम्पन्न गरि लक्ष भन्दा बढ़ी कोष संकलन गर्न सफल भयो। यसै अनुरूप कार्यक्रम पनि सम्पन्न भएको विदितै छ। कार्यक्रम संचालन गर्नु मात्र लाई संस्थाको उपलव्धि ठान्ने विध्यमान संस्थाहरूको धारणालाई सच्याउदै सामुदायिक संस्था संचालन विधीलाई अनुकरण गरी स्थापित नियमानुसार समुदायलाई प्रदान गर्नु पर्ने सेवा , पारदर्शिता र संस्थाको उत्तरदायित्व वोध गर्न र गराउन समेत हामीले एएनएसलाई आधिकारिकरूपमा सल्लाह,सहयोग र दवाव दिएका छौ।

हाम्रा यी कार्यहरू एएनएसको संस्थागत विकासका लागी लक्षित छन।हाम्रो टिमले एएनएसको बर्तमान कार्यशैली , कार्यक्रम संचालनमा उसले अपनाएको विधी र उसको टिम वर्कलाई लक्षित गर्दै समुदाय प्रति उत्तरदायी हुन एउटा मार्गदर्शन समेत प्रदान गरेको छ। संस्थागत विकासकालागी यो अत्यन्त महत्वपूर्ण उपलव्धी भएको हाम्रो विश्वास छ।अवका दिनमा समुदायकालागी गरिने कार्यक्रम , कार्यक्रम संचालन विधि, पारदर्शिता र टिम वर्कको महत्व बोकी एएनएसले आफ्ना भावी कार्यक्रमहरू संचालन गर्न सकोस।

प्रतिक्रिया