राष्ट्रपतीकै गाँउमा सुरक्षीत छैन्न बालिकाहरु

इनेप्लिज २०७५ मंसिर १५ गते १३:४८ मा प्रकाशित

आफ्ना छोरीहरु असुरक्षीत भएकोले सम्बन्धीत निकायसम्म खबर पुर्याईदिन भन्दै एसएमएस मार्फत मलेशियाबाटै बाबुले गरे यस्तो अनुरोध, हेर्नुहोस् उक्त अनुरोध जस्ताको तस्तै

“सर नमस्कार म हजुर लाई एउटा जान्कारी गराउन गहिरहेको छु मेरो घर रतुवामाइ नगरपालिका वाड न १० मोरङ हो मेरो नाम रत्न बहादुर अधिकारी हाल म मलेसिया मा छु मेरो समस्या के हो भने अस्ति दसै को नहमी को दिन मेरा छोरी एउटि बर्ष ९ कि आर्की बर्ष ७ आनि मेरो छिमेकी केदर भट्टराई को छोरी एउति बर्ष ८ कि मेरो घर देखि अलि पर चोक छ तो ठाउमा पुगेछ्न र तो ठाउ मा रोहित कटुवाल नाम गरेको एक बर्ष २७ जतिको साले मातेर घुमिराको रैछ रे अनि अलिक पर बोडिङ स्कुल छ तो बोडिङ्को भित्र कोठा मा पोइसा छ भनेर लेर गएछ” ।

मोरङको रतुवामाई नगरपालिकामा ३ नाहाबालीका माथि बलत्कारको प्रयास भएको छ । रतुवामाई नगरपालिका १० का रोहित कटुवाल बलत्कारको प्रयास गरेको अभियोगमा जिल्ला अदालतले ३ वर्ष कैद र ३० हजार धरैटी रहित पुरपक्षको लागी थुनेको थियो । तर घरमा बोलिदिने र सहयोग गर्ने कोहि नभएकाले रोहित छुटेर ज्यान मार्ने धम्की दिदै हिहेको गाउलेहरु बताउछन ।

“गरिव भएकाले प्रमाण जुटाउन र बोलिदिने भएनन उनिहरु संग राजनैतीक पावर थियो छुटे । गाँउका एक ब्याक्ती र प्रहरी पनि उनिहरु तिरै लागेर यो ठुलो कुरा हैन मिल्नु पर्छ भन्दै दवाव दिएको आमा बताउछिन” ।

घर बाट आमाले सामान किन्न नजिकैको पसलमा पठाएका ३ जना नानिहरु बलत्कार हुन बाट जोगिएका छन । बाटामा हिड्दै गरेका नानिहरुलाई पैसा देखाएर छिमेकी रोहित कटुवालले फकाएर बोलाइ बलत्कार गर्न खोजेको नानिका आमा बताउछिन । नानीहरुलाई त्यो बोडिङको कोठामा सर्प छ हेर्न जाउ भन्दै भित्र प्रबेस गराइ सकेपछि ढोका लगाएर ननिहरुको सम्बेदन सिल स्थानमा टोक्ने र चिमोट्ने जस्ता हर्कतहरु गरेको नानिहरु बताउछन । म चै भाग्न सफल भए पछि डरले अरु दुइवटी बहिनीलाई पनि छोडेको एक बालिकाले बताईन । नानिहरु रुदै कराउदै घर पुगे पछि तत्काल बुझन खोज्दा आमा संग पनि जाईलाग्न खोजे पछि पुलिस लाई खबर गरि २÷४ दिन पछि जिल्ला अदालत बिराट्नर लगेर जेल चलान भएको तर पैसा र पावरमा अहिले सो ब्याक्ती गाउ घर तिरै डुलिरहेको आमा बताउछिन । अदालत बाट ३ वर्ष जेल सजाय र ३० हजार धरौटी तोके पनि गाँउमा खुल्म खुल्ला ३ जनालाई मार्ने धम्की दिदै हिड्ने गरेको हजुरामाको बताउछिन । गरिव र राजनैतिक पावर नहुनेले यो देशमा न्याय कहिले पाउने पिडित नानीहरुकी आमा भन्दै थिन । नानिहरु दैनिक स्कुल जादा आउदा एक्दम डराइराको छ्न

पर्देशमा रहेका बाबु “यो नेपालको कानुन किन एस्तो फितलो छ पैसा हुनेले जे गर्न पाउदो रहेछ सर हजुर ले यो कुरा त्यहाकोे प्रहरी प्रसासन, कानुनबिध, मानव अधिकारकर्मीहरुलाई जन्कारी गाराइ दिनु हुन मेरो हजुरलाई अनुरोध गद्र्छु ” भन्दै दैनिक न्याय खोज्दै सरोकारवालाहरुलाई म्यासेज गर्ने गरेका छन ।

बलात्कारको प्रयास गर्ने नै एक महिनामा निस्किए, यसो भन्छन् पिडित – हेर्नुहोस् सम्बन्धित भिडियो

प्रतिक्रिया