मंगलबार, असोज १२ २०७८
काठमाडौं ०८:०५
वासिङटन डिसी 22:20

अमेरिकाका ४१ औ पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ बर्षमा निधन

इनेप्लिज २०७५ मंसिर १५ गते ११:५९ मा प्रकाशित

अमेरिकाका ४१ औ पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षकाे उमेरमा शुक्रबार साँझ निधन भएकाे छ । बुश परिवारका प्रवक्ता जिम म्याकग्राथको भनाई अनुसार उनि शुक्रबार राती १० बजे पछि को केहि समय पछि निधन भएको जनाएका छन् । आफ्नी धर्मपत्नी बार्बरा बुशको निधन भएको ८ महिना पछि बुशको निधन भएको छ । अमेरिकाका ४१ औं राष्ट्रपति बुश सन् १९८९ देखि सन् १९९३ सम्म सत्तामा रहेका थिए।

उनका सुपुत्र पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले एक वक्तब्य निकाल्दै आफ्ना परिवारका सदस्यको नाम निकाल्दै जेव,निल,मार्भिन डोरो अत्यन्तै दुखित साथ ९४ उल्लेखनीय बर्ष पछि हाम्रा पिता को निधन भएको लेखेका छन् । स्व बुशको जन्म १९२४ मा अमेरिकाको मिल्टनमा भएको हो । माता डोरोथी बुश तथा पिता प्रिस्कट बुशका छोरा थिए । स्व बुशका पिता पनि सिनेटर थिए ।

स्व बुश राजिनितामा होमिनु अगाडी जलसेनाका बिमान चालक भएका थिए । उनि सबै भन्दा जलसेनाका बिमान चालक भएका थिए । उनले ५८ पटक प्रशान्त महासागरमा आक्रमणको लागि बिमान उडाएका थिए । र स्व बुशलाई १९४४ मा जापान भन्दा ६ सय माइल दक्षिणमा बिमानमा आक्रमण गरि बिमान ध्वस्त बनाइएको भएता पनि उनि बालबाल बचेका थिए । जसको कारण उनलाई सम्मान गरिएको थियो । उनले जनवरी ६ का दिन २० बर्षको उमेरमा १९ बर्षिय स्व उनकी पत्नी प्रथम महिला बार्बरा संग बिबाह गरेका थिए ।

स्व बुश रिपब्लिकन दल पार्टीको तर्फबाट राष्ट्रपति चुनिएका थिए । स्व बुश ८ वर्ष सम्म उपराष्ट्रपति हुँदै राष्ट्रपतिमा पदमा चुनिएका थिए । बुशको निधन हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्जेन्टिनामा भै रहेको जी-२० सम्मेलनमा सहभागिता जनाउदै थिए । उतै बाट ट्रंपले समबेदना व्यक्त गरेका छन् ।

स्व बुशको राजनैतिक जीवन रिपब्लिकन दलका तर्फबाट सन् १९६३ टेक्सासको हेरिस काउन्टीको अध्यक्षमा निर्वाचित भए पछि यात्रा प्रारम्भ भएको भएको थियो । स्व बुश ४१ औ अमेरिकी राष्ट्रपति हुने सौभाग्यशालि थिए भने उनकै छोरा जर्ज डब्लु बुश ४३ औ अमेरिकी रास्ट्रपति बनेका थिए । यसरी बुश परिवारले बुवा र छोरा दुवै अमेरिकाको राष्ट्रपति भै नया ईतिहास बनाएका थिए । उनका छोरा जर्ज डब्लु बुश पनि अमेरिकाको दुई कार्यकाल राष्ट्रपति बनेका थिए ।

सन् १९९० मा उनलाई टाइम म्यागजिनले वर्ष पुरुष घोषणा गरेका थियो । स्व बुशलाई विभिन्न १५ भन्दा बढी संस्थाहरुले मानार्थ शैक्षिक उपाधि दिएका छन् । स्व बुशको बालककालको उपनाम ह्याभ हाफ अर्थात् उनि दानी स्वभावका भएकोले आफु संग जे भएता पनि आधा दिन्थे । गत बर्ष सम्म उनि पाङ्ग्रे कुर्सिमा मात्र सिमित भएका थिए । ९० बर्षको उमेरमा उनले हेलीकप्टर बाट हाल फालेका थिए ।

तस्बिर श्रोत/ कृतज्ञता : एबिसी न्युज

प्रतिक्रिया