३ करोड नेपालीहरुको लागी खुशीको खबर, हजुर हरुको कारणले हो शृंखला खतिवडा ‘मिस वर्ल्ड २०१८’ (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर १५ गते २:०१ मा प्रकाशित

युके,मिस वर्ल्डको इतिहाँसमा नै नेपाल पहिलो पटक यसरी नजिक पुगेको छ । शृंखला खतिवडा ‘मिस वर्ल्ड २०१८’ को ताज नेपाल भित्राउनको ३ करोड नेपालीहरुले धेरै शुभकामना दिइरहेका छन्। विश्वभरका १२१ देशले भाग लिएको विश्व सुन्दरी प्रतियोगीतमा यसपटक नेपाली चेली शृंखला खतिवडाले राम्रो चर्चा कमाइरहेकी छिन् ।

२३ वर्षकी खतिवडा पहिलो पटक एशियाकै बलियो दावेदारको रुपमा आफुलाई चिनाउँन सफल हुँदा उनले यसपटकको ताज जित्ने संभावना प्रवल बन्दै गएको छ । यस बर्षको मिस वर्ल्ड २०१८ को प्रतियोगितामा नेपाल श्रृंखला खतिवडा अहिले विश्वकै नजरमा परेकी छिन् । नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन् जो अहिले पुरा संसारले देखी रहेको छ।

हेर्नुहोस उनले भनेको भिडियो जस्ताको जस्तै र टप ४ सम्म अरु कुन देशका सुन्दरीहरु परे त ।

मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डमा प्रवेश गरेकी छिन् र यो जानकारी उनले आफ्नो अफिसियल फेसबुक पेज मार्फत सार्बजनिक गरेकी छन्।

मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्ज फाइनल राउण्डको यात्रा तय गर्न सफल २० समूहध्ये १३ औ समूहको विजेता बन्दै उनले यो यात्रा तय गरेकी हुन् ।

हेड टु हेड च्यालेञ्जका लागि ११८ प्रतियोगीलाई २० वटा समूह बनाई प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये प्रत्येक समूहबाट एक प्रतिस्पर्धीले समूह विजेता बन्दै अर्को चरणको यात्रा तय गर्ने प्रावधान अनुसार यी २० प्रतियोगीहरु छानिएका हुन् ।

नेपाल २० मध्ये १३ औं समूहमा परेको थियो जसमा नेपालबाहेक अर्जेण्टिना, बोस्निया एण्ड हर्जगोभिना, ग्वाम, लक्जेम्बर्ग र मल्दोभाका सुन्दरीहरु थिए । बाँकी ५ प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल समूह विजेताका रुपमा हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डका लागि छानिएको छ।

नेपाल र नेपालीलाइ चिनाउदै अगाडी बढ्दै गरेकी शृंखलाको लागी हाम्रो तर्फ बाट अग्रिम शुभकामना ।

प्रतिक्रिया