मंगलबार, साउन २४ २०७९
काठमाडौं १२:४६
वासिङटन डिसी 03:01

अलास्कामा ७.० रेक्टर स्केलको भूकम्प ,भूकम्पबिज्ञले अझ आउने चेतावनी

इनेप्लिज २०७५ मंसिर १५ गते ०:३१ मा प्रकाशित

अलास्कामा ७.० रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकाको शुक्रबार बिहान स्थानीय ८:३० को समयमा भूकम्प गएको हो । अलास्काको एङ्कोरेज भन्ने स्थानमा रहेका सडक भत्किएका,ठुला भवन तथा मानिसहरुका घरहरु क्षति भएको छ । अझ थप जानकारी धमाधम आई रहेका छन् ।

अलास्काको एङ्कोरेज भन्ने ठाउँ बाट ७ माइल उत्तरपूर्वमा भूकम्प गएको अमेरिकन भूगर्भीय सर्वेक्षणले जनाएको छ । भूकम्प जाँदा संचार माध्यम तथा श्रब्य दृश्यमा कोलाहाल मच्चिएको प्रष्ट देखिएको संचार माध्यमले धमाधम प्रकाशन गरि रहेका छन् । बिद्यार्थीहरु पढाउने डेस्क मुनि बसेर आफन्तलाई संदेश पठाएका थिए ।

सडकमा गुडी रहेका सवारी साधन अलपत्र परेका छन् भने पसलका सामानहरु यत्रतत्र छरिएका छन् । भूकम्प आउन साथ गभर्नर बिल वाकरले बिपत्तिको घोषणा गरेका छन् । अहिले सम्म कुनै मानव क्षति नभएको संचार माध्यमले जनाएका छन् ।

तस्बिर स्रोत :रोयटर्स

प्रतिक्रिया