श्रृखंला खतिवडालाइ जिताउन यसो गर्नुहोस आज आखिरी दिन (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर १४ गते २२:०३ मा प्रकाशित

युके,

विस्वस्तरीय ईतिहास रच्ने तर्खरमा श्रृखंला खतिवडा: बिल्कुलै फरक पहिचान र ईतिहास कायम गरेर “मिस नेपाल–२०१८” बनेकी श्रृखंला खतिवडा “मिस वर्ल्ड–२०१८”का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवतीमा भोटिङमा अग्रपंक्तिमा छिन् । र उनी यसवर्ष मिस वल्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन् । उन्का लागि डिजाइन गरिएको कपडाका कारण “वाक” मा निकै कठिनाई झेलेरै पनि उनी सेमिफाइनलमा प्रबेश गरेर नेपालका तर्फबाट ईतिहास त रचिसकेकी छिन नै र पनि अझै प्रतियोगितामा सहभागी विस्वका १२१ देशका सुन्दरीहरुमा सबैलाई उछिनेर “मिस वर्ल्ड–२०१८” कै ताज नै पहिरिन सफल होस भन्ने हामी सबैको चाहना हो ।

पेसाले इन्जिनियर शृंखलाको परिचय राउन्डको भिडियो पनि भाइरल भएको छ । सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा शृंखलाले नेपाललाई विस्व सामु चिनाउन निकै मेहेनत गरेकी छिन ।

शृंखलाले मिस वर्ल्ड २०१८ का आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी पनि छिन् । ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन् । The second round of head to head challenge मा पनि उन्को प्रस्तुति प्रसंशनिय रह्यो ।

Miss World को ताज Nepal मा ल्याउनलाई सबैको योगदानको आबस्यक छ र उन्लाई Vote गरेर मात्रै पनि नेपाललाई विस्व रंगमन्चमा थप चिनाउन सकिन्छ, रास्ट्रिय गौरब बढाउन सकिन्छ र Visit Nepal 2020 लाई सार्थक बनाउने कामलाई सहज बनाउन पनि सकिन्छ ।

भिडियो हेरौ :

प्रतिक्रिया