विद्यालयमा विपत् जोखिम न्यूनीकरणमा सुधार

इनेप्लिज २०७५ मंसिर १४ गते १२:१२ मा प्रकाशित

नेपालगञ्ज, मङ्सिर १४ गते । बाँकेका तीन वटा गाउँपालिकाअन्तर्गतका बिद्यालयमा विपत् जोखिम न्यूनीकरणका बारेमा सुधार भएको छ ।

शैक्षिक क्षेत्रमा प्रकोप जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन एवं सुदृढीकरण परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमपछि यस्तो सुधार भएको हो ।

जिल्ला शिक्षा समन्वय एकाइको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको परियोजनाले विद्यालयमा प्रकोप व्यवस्थापन, विद्यालय सुधार योजना निर्माण, जोखिम पहिचान, समाधानका उपाय, बाल संरक्षण, सुरक्षित स्थान, परिवारिक सुरक्षालगायतका विषयमा सहयोग पु¥याएको छ ।

बाँकेको डुडुवा गाउँपालिकामा आज आयोजित परियोजनाको वार्षिक प्रगति समीक्षा बैठकमा सोको जानकारी दिइएको हो । कार्यक्रममा गाउँपालिकाअन्तर्गत रहेका १७ वटा सामुदायिक विद्यालयका शिक्षकको सहभागिता रहेको थियो ।

त्यसअवसरमा गाउँपालिका निमित्त शिक्षा शाखा संयोजक रामइकबाल मण्डललाई युनेस्कोका कार्यक्रम अधिकृत अनुप वर्माले वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।

सामाजिक काममा लाग्छौँ ः युवायुवती

उचित पारिवारिक वातावरणमा शिक्षादीक्षा तथा मायालु अभिभावक पाएपछि असहाय तथा अनाथ बालबालिका रमाएका छन् ।

असहाय तथा अनाथ बालबालिकालाई पारिवारिक वातावरणमा शिक्षादीक्षा र मायालु अभिभावकत्व दिने भूमिका नेपालमा एसओएस बालग्रामले वर्षांैदेखि निभाउँदै आएको छ ।

एसओएस बालग्रामअन्तर्गतको एसओएस युवालयका सहनिर्देशक मीना तुलाधरका अनुसार पारिवारिक वातावरण गुमाएका असहाय तथा अनाथ बालबालिकालाई संस्थाले आफ्नो अभिभावकत्वमा समेटेको छ ।

“हाम्रो आमाबुबा, दाजुभाइ, दिदीबहिनी भनेकै एसओएसका अभिभावक, यहाँका साथीसङ्गी र यो संस्था नै हो”, कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्ययन गरिरहेका नेपालगञ्जस्थित एसओएस युवालयका युवायुवतीको भनाइ छ ।

यो युवालयमा अहिले ८५ युवायुवती आश्रित छन् । त्यसमध्ये ४९ युवती रहेको सहनिर्देशक तुलाधरले बताउनुभयो । संस्थामा अभिभावकत्व पाएका युवायुवतीको उमेर २३ वर्षपछि संस्था छाड्नुपर्ने प्रावधान छ । बाहिर रहेर अध्ययन गरिरहेका त्यस्ता युवायुवतीले सहयोग भने पाइरहने उहाँले बताउनुभयो ।
यही पारिवारीक वातावरणकै कारण बालबालिका र युवायुवती यो संस्थामा रमाएर अनि खुशी भएर बसिरहेको एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीको भनाइ छ ।

प्रतिक्रिया