बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:५९
वासिङटन डिसी 19:14

वाशिंगटन डीसीमा महिलाले बाटोमा चलाई रहेको सवारी साधन मै बच्चा जन्माईन

इनेप्लिज २०७५ मंसिर १४ गते ११:५३ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डीसीमा एक महिलाले अस्पताल जाने क्रममा बाटो मै बच्चा जन्माएकि छिन् । गत नोभेम्बर २९ तारिख डिसी को व्यस्त सडकमा भिड सडक मै उनले बच्चा जन्माएकी हुन् ।

उनले बिहिबार साझ ७ बजे वाशिंगटन डिसी स्थित १७ औ स्ट्रिट (गल्लि) जुन व्हाइट हाउस नजिक रहेको छ बच्चालाई जन्म दिएकी हुन् । डीसीको बारुण यन्त्र बिभाग तथा आकस्मिक सेवाका प्रवक्ताका अनुसार २२ बर्षिय उक्त महिलालाई प्रसव पिडा भए पछि एलिप्स तथा व्हाइट हाउस बीच सवारी साधन चलाई रहेको समयमा बच्चा भएको बताएका छन् ।

उनि अस्पताल जाने क्रममा त्यसो भएको हो । तुरुन्तै उक्त स्थानमा उनको हेरचाहको लागि स्वास्थ्य सेवाका टोलि आएता पनि बच्चा अगाडी नै जन्मि सकेको थियो । तुरुन्तै आमा तथा छोरीलाई अस्पताल लागिएको छ भने दुवैको स्वास्थ्य राम्रो अवस्थामा रहेको प्रवक्ताले जनाएको समाचार डब्लुटिओपीमा छ ।

तस्बिर स्रोत/:फर्चुन डटकम

प्रतिक्रिया