एचडीएनपी अन्तर्राष्ट्रियको बार्षिक फन्डराइजिङ्ग गाला डिनर कार्यक्रम अन्तिम तयारीमा

विजय थापा २०७५ मंसिर १४ गते ३:०० मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापित संस्थाले आगामी डिसेम्बर १ का दिन बार्षिक फन्डराइजिङ्ग गाला डिनर नामक कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । हरेक तीन–तीन महिनामा घरबारबिहीनलाई खाना तथा लत्ता कपडा बितरण गदै आएको संस्थाले बार्षिक कोष वृद्धि गर्न रात्री भोजन कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम फिष्टेल नेप्लिज एण्ड इन्डिएन कुजिन वेडफोर्डमा हुने छ । उक्त फन्डराइजिङ्ग गाला डिनर नामक कार्यक्रममा विविद्य सांस्कृतिक कार्यक्रमको साथै चिट्ठा समेत खेलाइने छ । प्रवेश शुल्क ५० डलर राखिएको छ भने उक्त कार्यक्रममा बिशेष अतिथि तथा वक्ताहरु को उपस्थिति रहने छ । घरबार बिहिनलाई मुक्त बनाउने तथा बालबालिकाहरुका लागि आश्रय दिने मुख्य दृष्टि रहेको संस्थाले जनाएको छ ।

बिशेष कारणको लागि आयोजना गरिएको बार्षिक गाला नामक कार्यक्रममा सबै समुदाय सदस्यहरुलाई सहयोग र समर्थन गर्न हुन् अध्यक्ष आचार्यले ईनेप्लिज मार्फत आग्रह गरेका छन ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन् भने उनका अनगिन्ती लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन् । साथै ,उनले हरेक दिन दर्जनौ मूलधारका समाचार ,सामुदायिक समाचार र बिश्वभरिका दैनिक अन्तर्राष्ट्रिय समाचार ,अन्तर्वार्ता र स्वास्थ्य सम्बन्धि  कार्यक्रम संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया