डिसी महानगरमा हुने बिशेष महत्वपूर्ण टिपीएस(अस्थाई सुरक्षित दर्जा) कार्यक्रम तयारी अवस्थामा
सन् २०१५ देखि नै टिपीएस(अस्थाई सुरक्षित दर्जा)सम्बन्धि गम्भीरतापूर्वक अविरल रुपमा काम गर्दै आएको न्यूयोर्कको अधिकार सँस्था संगको सहकार्यमा अधिवक्ता बन्दिता शर्मा दाहाल द्वारा टिपीएस(अस्थाई सुरक्षित दर्जा) आयोजना हुने बिशेष महत्वपूर्ण कार्यक्रम तयारी अवस्थामा पुगेको जनाइएको छ । बिशेष गरि यस भेकमा थुप्रै टिपीएस सुबिधा प्राप्त गर्नेहरुको बसोबास रहेकोले यस क्षेत्रमा कार्यक्रम राखिएको जनाइएको छ ।
आगामी जुन २४ ,२०१९ देखि अस्थाई सुरक्षित दर्जा(टीपीएस)को अवधि समाप्त हुदै छ । अधिकारका प्रतिनिधि तथा अधिवक्ता बन्दिता शर्मा दाहाल यस्का लागि तयार रहेको जानकारी ईनेप्लिजलाई दिएका छन् । अव हामी तयार छौ र अब यो सुबिधा उपयोगकर्ता तथा यस बिषयमा जिज्ञाशा राख्नेहरुको खाचो भएकोले शनिबारको प्रतिक्षामा रहेको बताए । साथै बिशेष डिसी महानगर क्षेत्रको लागी केन्द्रित गरिएकोले उपस्थितिको निकै ठुलो भूमिका हुने भएकोले सरोकारवालाहरुलाई यसै बाट निमन्त्रणा गर्न चाहेको बताएका छन् ।
आगामी शनिबार डिसेम्बर १ का दिन भर्जिनियाको आर्लिंगटन स्थित आर्लिंगटनको केन्द्रिय पुस्तकालयमा बिहान १० बजे देखि १२ बजे सम्म कार्यक्रम हुने छ । टिपीएस(अस्थाई सुरक्षित दर्जा) का विकल्पहरु के के हुन् सक्छन ? यस्का लागि स्थाई समाधान कसरी गर्न सकिन्छ ? यो सुविधा प्राप्तकर्ताले नेपालको लागि रद्ध नहोस भन्ने चाहना राख्नेले आफु प्लेनटिफ(वादी) बन्न के गर्नु पर्छ ? कसरी मुद्धा अगाडी बढन सक्छ ?
स्मरण रहोस ,अस्थाई सुरक्षित दर्जा प्राप्त गरेका जति सक्दो धेरै वादी बन्न सक्यो त्यतिनै मुद्धा दायर गर्न सरल हुने र अगाडी बढ्न सजिलो हुनेछ । वादी न्युनतम भएको अवस्थामा मुद्धा दायरको प्रक्रिया अगाडी बढ्न सक्ने छैन।
यस्तै बिषय लगायत अन्य जिज्ञाशाहरु समेतलाई समेट्ने र जानकारी दिने उद्धेस्यले आयोजना हुने उक्त कार्यक्रममा अधिकारका प्रतिनिधि तथा अधिवक्ता बन्दिता शर्मा दाहाल संग प्रत्यक्ष रुपमा कुराहरु सुन्न पाइने र आफ्ना कुराहरु समेत राख्न पाइने छ ।
आयोजकका तर्फबाट यसै मार्फत यो सुबिधा प्राप्त गरेकाहरु लगायत अन्य कसैको जिज्ञाशा रहेमा उपस्थितिको लागि सबैमा आग्रह गरिएको छ । प्रवेश शुल्क नि:शुल्क रहने छ भने यहाँहरुका टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) सम्बन्धि कुनै पनि जिज्ञाशा रहेमा उपस्थिति हुन् डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई अनुरोध गरिएको छ ।
कहिले ? डिसेम्बर १ ,शनिबार
समय : बिहान १० बजे देखि १२ बजे सम्म
कहाँ ? Arlington Central Library ,1015 N Quincy St,Arlington VA 22201
सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै ,वायु-प्रवाहक हटाईयो
पेन्सिल्भेनियाको सामुदायिक कार्यक्रमको भीडमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु , १७ जना घाइते
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
प्रतिक्रिया