स्व रिचा प्रधानको अन्तिम संस्कार भर्जिनियामा गरिने
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो!
स्व रिचा प्रधानको अन्तिम संस्कार भर्जिनियामा गरिने भएको छ । डीसी महानगर क्षेत्रको भर्जिनियाको हरनडन शहर स्थित एलडेन स्ट्रिट स्थित एडम्स ग्रिन फ्युनेरल होम एण्ड क्रिमेटोरीमा हुने भएको छ । अन्तिम संस्कार डिसेम्बर १ तारिख शनिबार ११:३० बजे हुने छ ।
मातापिताकि एक मात्र सन्तानको रुपमा स्व सुपूत्री रिचा प्रधान रहेकी थिइन् । स्व रिचा प्रधानले युनिभर्सिटी अफ भर्जिनिया बाट स्नातक गरेकी थिइन् । उनले उच्च शिक्षा बेलायतको युनिभर्सिटी अफ मेनचेस्टर बाट दोहोरो शैक्षिक उपाधी (डिग्री) हासिल गरेकी थिइन् । उनले मास्टर अफ आर्ट्स (कानुन र विकास ) तथा मास्टर अफ फिलोसोफी ( दर्शन शास्त्र) मा स्नातकोत्तर गरेकी थिइन् ।
मार्च ३ ,१९८६ मा काठमाडौँमा जन्मिएकी ३२ बर्षिय स्व रिचा प्रधानको निधन गत नोभेम्बर २७,२०१८ तारिखका दिन डिसी महानगर क्षेत्रमा भएको थियो ।
ईनेप्लिज परिवार हार्दिक समबेदना प्रकट गर्दछ ।
अन्तिम संस्कार को बिस्तृत जानकारी :
Date: Saturday, December 1, 2018
Time: 11:30 AM Sharp
Venue: Adams-Green Funeral Home & Crematory
Address: 712 Elden Street, Herndon, VA 20170
प्रतिक्रिया