अस्ट्रेलियामा नेपाल आईडल फाईव ईन सिड्नी २०१९ हुने

इनेप्लिज २०७५ मंसिर १३ गते २२:२८ मा प्रकाशित

बालकृष्ण भट्ट, अस्ट्रेलिया, ३० नोभेम्बर

‘अस्ट्रेलियाको सिड्नीमा यही फेरवरी ८ मा नेपाल आईडल टप फाईवको लाईव सो हुने भएको छ । प्रतिष्ठाको पहिलो आवाज सब टाईटल नाम दिईएको उक्त ईभेन्ट एक्सपोष्ट एजुकेशन एण्ड भिजा सर्भिस र नेपाली टच अस्टेलियाको संयुक्त आयोजनामा हुन लागेको हो । गत बर्ष जस्तै यस संस्करणको कार्यक्रम पनि भब्य र सब्य रुपमा संञ्चालन र ब्यवस्थापन हुने आयोजकहरुले आज सानो कार्यक्रमका बिच फेसबुक लाईभ मार्फत जनाएका छन् । म्यूजिकको कुनै भाषा हुदैन, विद्यार्थी भाईबहिनीहरुलाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने, सद्भाव कायम गर्ने र नेपाली गित संगितको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको एक्सपोष्ट एजुकेशन एण्ड भिजा सर्भिसका सिईओ बद्रि अर्यालले जानकारी गराउनुभयो ।

त्यस्तै कार्यक्रम स्थल र अन्य विवरणहरुको जानकारी भने केही समय पछाडी बिषेश पत्रकार सम्मेलन गरेर जानकारी गराईने नेपाली टचका सिईयो राज के गोस्वामीले जनाएका छन् । प्रबासमा छरिएर रहेका नेपालीहरुलाई एकै स्थानमा भेलाभई मनोरञ्जन लिनुहुन आयोजक दिपेश पुनले सबैमा अपिल गरेका छन् । साथै प्रायोजन तथा अन्य जानकारीहरुको लागि निम्न नम्बर ०४५१९३३०५१ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया