दुखद समाचार: डीसी महानगर क्षेत्रमा ३२ बर्षिय रिचा प्रधानको दुखद निधन
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो!
अमेरिकाको डीसी महानगर क्षेत्रमा ३२ बर्षिय रिचा प्रधानको दुखद निधन भएको छ । काठमाडौँमा मार्च ३ ,१९८६ मा जन्मिएकी रिचा प्रधान को निधन गत नोभेम्बर २७,२०१८ तारिखका दिन निधन भएको हो ।
नजिकका पारिवारिक तथा साथीभाईहरुका स्रोतका अनुसार स्व रिचा प्रधानले उच्च शिक्षा बेलायत बाट हासिल गरेको बुझिएको छ । मातापिताकि एक मात्र सन्तानको रुपमा स्व सुपूत्री रिचा प्रधान रहेकी थिइन् । पारिवारिक स्रोतका अनुसार केही समय देखि उनि अबुर्द (क्यान्सर) रोग बाट संघर्ष गरि रहेकि थिइन् ।
उनका पिता वरिष्ठ अभियन्ता (इन्जिनियर)गोबिन्द प्रधान तथा आमा कल्पना प्रधान भर्जिनियाको स्टरलिङ्ग शहरमा बसोबास गर्नु हुन्छ । स्व रिचा प्रधान का पिता अमेरिकाको डीसी महानगर क्षेत्रमा २७ बर्ष अगाडी नेवा समुदायको भाषा ,कला तथा संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्न स्थापित सक्रिय संस्था नेपा: पासा पुच: अमेरिकाय् का आजीवन सदस्य हुनु हुन्छ ।
यस दुखद घडीमा स्व रिचाको चीर आत्माको शान्तिको कामना तथा प्रार्थना गर्दै शोक सन्तप्त परिवार प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रधान गरुन भन्दै ईनेप्लिज परिवार हार्दिक समबेदना प्रकट गर्दछ ।
तस्बिर स्रोत/कृतज्ञता :नेपा: पासा पुच: अमेरिकाय्
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया