नेकपा सचिवालय बैठक: प्रदेश कमिटीको टुङ्गो

इनेप्लिज २०७५ मंसिर १३ गते १०:०३ मा प्रकाशित

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयले सातवटै प्रदेशको एकीकरण टुङ्गो लगाएर कमिटीलाई पनि पूर्णता दिएको छ । सचिवालयका सदस्य एवं पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश कमिटीको एकीकरण टुङ्गो लगाउनुका साथै कमिटीलाई पूर्णता दिने कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

यद्यपि प्रदेश कमिटीका सदस्यमा कसकसलाई राखिएको छ, त्यो सार्वजनिक गरिएको छैन । प्रवक्ता श्रेष्ठले सदस्यहरूको नामावली बिहीबार सार्वजनिक गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया