शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:४७
वासिङटन डिसी 17:02

अमेरिकामा कार्यस्थलमा ४ कारणले राजनीति गफ गर्नु हुदैन

राजनीति गफ ले उत्पादन क्षमतामा घटाई दिन्छ

विजय थापा २०७५ मंसिर १३ गते १:४५ मा प्रकाशित

सकिन्छ भने अमेरिकामा काममा भएको समयमा राजनीति को ‘रा’पनि नल्याउनु राम्रो l ल्याउछु भन्नु हुन्छ भने तपाईको ईक्षा l त्यसको परिणाम आफै भोग्नु पर्छ l कार्यस्थलमा राजनैतिक विचार त्याग्नु नै उत्तम हुने छ l

अमेरिकामा कार्यस्थलमा राजनैतिक बिषय तथा शीर्षकमा गफ चुट्न पाइने सुरक्षित स्थान हैन l अप्रवासीहरुले अमेरिका भरि भराउ हुदै गइ रहेको अवस्थामा अब राजनैतिक गफ पनि गर्न सुरु भएता पनि सावधानी अपनाउनु पर्ने हुन्छ l

हाल अमेरिकन सर्व साधारण विभाजित छन भने भबिष्यमा अझ यो वृद्धि हुन्छ l अमेरिकामा पहिलो पटक अस्वेत ,अफ्रिकन अमेरिकन बाराक ओबामा राष्ट्रपति भए पछि कार्यस्थलमा चर्चा परिचर्चा सुरुवात भयो । त्यस पछि संगै निर्वाचित भएका डोनाल्ड ट्रम्प को पनि अत्यधिक चर्चा हुन्छ । झन् उनको सामाजिक संजालको चर्चा परिचर्चा को त कुरै छाडौ । तर अन्य ठाउँमा चर्चा भएता पनि कार्यस्थलमा न्युनतम हुन्छ ।

अमेरिकामा बिदेशीहरु कार्यस्थलमा न्युनतम राजनैतिक गफ गर्दछन l गफ गर्न नपाइने भन्ने चाही हैन l तर अत्यधिक कम मात्रामा गफ गर्ने प्रचलन हुन्छ l

वास्तवमा यो कुरा हाम्रो व्यक्तिगत मामला हो : मतदान गर्दा या कुनै न कुनै रुपमा मतदान केन्द्रमा मतदाताले कसलाई र कुन दललाई मतदान गरेको कसैले थाहा न पाउन भन्ने हेतुले सुरक्षित गरिएको हुन्छ l यसै गरी हामीले आफै बुझ्नु पर्यो कि हाम्रा व्यक्तिगत राजनैतिक धारणा काममा किन ल्याउने ?

२. राजनीति गफ ले उत्पादन क्षमतामा घटाई दिन्छ : हामी ज्यादा राजनैतिक गफ गर्न पनि रुचाउछौ l हामीले नेपाल देखि नै ल्याएको संस्कार नै भन्नु पर्छ l जव राजनैतिक गफ हुन्छ भने उत्पादन क्षमतामा घटाई दिन्छ l अर्थात् घण्टा को हिसावमा चलेको मूलुकमा असह्य हुन्छ l

आफ्नो लक्ष्य पुरा भएन भने नोकरी बाट हात धुनु पर्ने हुन्छ l जुन बिषयमा छलफल हुन्छ त्यसले उत्पादन क्षमतामा वृद्धि हुनु पर्ने हुन्छ l ठीक बिपरित ,कार्यस्थलमा राजनीति को कुरा चलाईयो भने नकारात्मक असर पर्ने र मन मिलेका साथीभाईहरुमा मन मुटाव हुन्छ l व्यर्थमा तनाव सृजना हुन्छ l जसको कारण पुर्याउनु पर्ने लक्ष्य हासिल गर्न सकिदैन l अनि समस्या उत्पन्न हुन्छ l राजनीति गफ चल्दा तनाव तथा आफ्नो कुरा राख्न खोज्दा उच्च आवाज पनि निस्कने हुन्छ l रक्तचाप पनि वृद्धि हुन्छ l जस्को कारण काममा शिथिलता आउछ l

यसले पक्षपात निम्त्याउछ : अमेरिकामा काममा म फलाना दल को हु भनेर प्रचार प्रसार गर्ने चलन हुदैन l किनभने राजनीति को कुरा हिस्सा गर्न चाहदैनन् l

कुनै पनि सहकर्मीको भित्रि र कुन राजनैतिक दल संग आबद्ध छ भन्ने कुरा नै पत्ता लगाउन गाह्रो हुन्छ l यस्ता कुरा सोधेमा अस्वाभाविक मानिन्छ l र एक बुद्धिमान मानिसले सोध्ने गर्दैनन् l चलन पनि हुदैन l कसको मनमा को पसेको हुन्छ ,थाहा नै हुदैन l दल संग आबद्ध भएको कारण भै रहेको सम्बन्ध समेत बिग्रने हुन्छ l कार्यस्थलमा स्थापित सुमुधुर सम्बन्ध समेत चिसिन जाने हुन्छ l

सहकर्मीहरु राम्रो र सौहार्दपूर्ण रुपमा काम गर्दै गरेको अवस्थामा अचानक राजनैतिक कुरा ,राजनेता तथा राजनैतिक दलको कारण अचानक दूरी बढ्ने र फरक सम्बन्ध बनाउने समेत हुन्छ l तसर्थ यस्ता कुरामा हामी संबेदनशिल हुनु पर्छ l

यसले सहकर्मीमा अलग बनाउनु को साथै झगडा समेत निम्त्याउछ : राजनैतिक कुराहरु उठान नगरुन्जेल मेल ,जुन दिन म डेमोक्रेटिक र म रिपब्लिकन भन्ने पत्ता लाग्छ त्यो दिन बेमेल जस्तो र नराम्रो अनुभूति हुन्छ l

दलले अघि सारेका कार्यसूचीहरु मध्ये उदाहरणको लागि समलिंगी बिबाह आदि ईत्यादी सहकर्मीलाई चासो कै बिषय न भएता पनि यस्ता बिषयले समेत फाटो ल्याउने हुनाले यस्ता कुराहरु कार्यस्थलमा नगर्दा नै साह्रै राम्रो हुन्छ l

अमेरिकामा तपाईले कुनै उम्मेदवार धेरै बुढो छ भन्नु भयो भने पनि त्यो भेदभाव तथा पक्षपात हुन् जाने हुनाले विचार पुर्याउनु पर्छ l सामान्यतया काम गर्ने कार्यालयमा राजनैतिक छलफल भनेको नै विस्फोटक स्थिति आई पर्ने हुनाले ख्याल गर्नु पर्ने अपरिहार्यता हुन्छ l

यदि तपाईको साथीले राजनैतिक कुराकानी गर्न चाहन्छ भने नम्र संग त्यसलाई अस्वीकार गर्नु l सहकर्मीले कुरा चलाएता पनि आफू ले कुनै प्रतिकृया नदिनु नै उत्तम हुनेछ l

प्रतिक्रिया